अन्तराष्ट्रिय नर्सिङ दिवसः काम ओभरलोड र सुबिधा कम हुँदा जीविकोपार्जनमा समस्या

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा लुम्बिनी प्रादेशिक अस्पतालमा नर्सिङ पेशा अवसर चुनौति र समाधान विषयमा वक्तृत्व प्रतियोगिता सम्पन्न भएको छ ।

अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनीहरुले नर्स पेशामात्रै नभएर मानवीय सेवागर्ने ठूलो अवसर भएको बताए । नर्सिङ सम्भावना नै सम्भावना भएको पेशा रहेको बताउदै लुम्बिनीका नर्सहरुले विचलित नहुन आग्रह गरेका छन् ।

नर्स बिना स्वास्थ्य उपचार असम्भव भएको बताउदै नर्सहरुले अब अस्पतालसंगै नर्सहरुको आवश्यकता समुदायले समेत खोज्दा दायरा फराकिलो बनेको बताए । अहिले अस्पतालसंगै कलेज, सामुदायिक संस्थाहरुले समेत नर्स राख्न थालेको र रोजगारीको क्षेत्र बढ्दै गएको जनाए ।

सहभागी नर्सहरुले कामको ओभरलोडले प्रभावकारी सेवादिन नपाएको, सुबिधा कम हुँदा जीविकोपार्जनमा समस्या भएको बताए । विरामीको उपचारमा खट्ने प्रतिवद्धता जनाएका कतिपय नर्सहरु बेरोजगार बस्नु परेको र विदेश पलायन हुनु परेको उनीहरुको भनाइ छ ।

वत्तृत्वकलामा अस्पतालमा कार्यरत १० जना नर्सहरु सहभागी भएका थिए । उनीहरुमध्ये अस्मिता हमाल प्रथम हुनुभएकाे छ । शारदा कुंवर द्धितीय, कान्ति पाण्डे तृतीय र सरीता वश्यालले सान्त्वना स्थान हासिल गर्नुभएकाे छ । अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. श्रीधर आचार्य, मेट्रोन ज्योति पौडेल, प्राध्यापक हिरण्यलाल ज्ञवाली र पत्रकार अमृता अनमोलको टिमले निर्णायक भूमिका निभाएको थियो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. सुदर्शन थापाले पछिल्लो समयमा नर्सिङ पेशा मर्यादित र रोजगारीका हिसाबले सुरक्षीत बन्दै गएको बताउनु भयो । नर्सिड. सेवाभावमा समर्पित हुने पेशा रहेको बताउदै सेवामा नडगमगाउन उहाँले आग्रह गर्नु भयो ।

कार्यक्रममा स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. श्रीधर आचार्य, प्राध्यापक हिरण्यलाल ज्ञवाली र पत्रकार अमृताअनमोलको नर्सहरुको जिम्मेवारी र भूमिकाको प्रसंशा गर्नु भएको थियो । नर्स माधुरी ज्ञवालीले कार्यक्रम संञ्चालन गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?