‘इञ्जिनियरिङ विधामा अवसरै अवसर’

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । पोखरा विश्वविद्यालय(पियु)को विज्ञान तथा प्रविधि संकायले काठमाडौंमा इञ्जिनियरिङ अध्ययनका अवसरसम्बन्धी कार्यक्रम आयोजना गरेको छ । पोखरा विश्वविद्यालयमा इञ्जिनियरिङ अध्ययनका अवसरबारे सोमबार आयोजित कार्यक्रममा कक्षा १२ को अध्ययन सकेर बसेका विद्यार्थीका लागि लक्षित थियो । कक्षा १२ को अध्ययन सकेर इञ्जिनियरिङ विषय पढ्ने तयारी गरेर बसेका विद्यार्थीलाई उक्त विषयबारे थप जानकारी दिन कार्यक्रम आयोजना गरिएको पोखरा विश्वविद्यालयले जनाएको छ ।

कार्यक्रममा हालैमात्र अमेरिकाको हावर्ड विश्वविद्यालयबाट अर्वन प्लानिङमा स्नातकोत्तर गरेर आउनुभएकी मिस नेपाल २०१८ तथा आर्किटेक्ट शृंखला खतिवडाको समेत उपस्थिति थियो । उहाँले विश्वभर इञ्जिनियरिङ अध्ययनको अवस्था, अवसर र चुनौतीबारे चर्चा गर्नुभएको थियो । नेपाल इञ्जिनियरिङ कलेजका प्रिन्सिपल डा. हरिकृष्ण श्रेष्ठले देशका लागि केही गर्न चाहने र देशमा उत्पन्न विभिन्न समस्या समाधान गर्न चाहनेका लागि इञ्जिनियरिङ विषय उत्कृष्ट रहेको बताउनुभयो । इञ्जिनियरिङमा नेपाल र अमेरिकाको पाठ्यक्रम उस्तै-उस्तै रहेको उहाँको भनाइ थियो ।

नेपाली विश्वविद्यालयले प्रयोगात्मक विषयमा कम जोड दिने कारण बजार मागअनुसारको सीप दिन नसकेकाले बजारमा काम पाउन गाह्रो भइरहेको अवस्थालाई मध्यनजर गर्दै पोखरा विश्वविद्यालयले पाठ्यक्रम परिष्कृत गर्नुका साथै इन्टर्नसिपसमेत अनिवार्य गरेको छ । विज्ञान तथा प्रविधि संकायका डिन राजेशकुमार ठगुराठीले भन्नुभयो, ‘हालैमात्र सबै इञ्जिनियरिङ कार्यक्रमको पाठ्यक्रम रिभिजन गरेका छौँँ । सैद्धान्तिक विषयका साथै प्रयोगात्मक विषयलाई पनि जोड दिएका छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?