घोडचढीको कोर्स सुरु

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल घोडचढी संघको आयोजनामा ६ दिने एफइआई सोलीडारिटी कोर्स सुरु भएको छ । कोर्सको राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठलगायतको उपस्थिति थियो ।

घोडचढी संघले एसियाली घोडचढी महासंघ, अन्तर्राष्ट्रिय घोडचढी महासंघ, नेपाल आर्मी, नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद्को सहकार्यमा कोर्सको सञ्चालन गरेको हो । सुरुका दुई दिन इन्ट्रडक्सन विथ कोचिङको कोर्स समावेश छ । एफइआईका कोर्स डाइरेक्टर सिंगापुरका प्रेड्याग मर्जानोभिकले प्रशिक्षण दिनुहुनेछ ।

यसपछिका चार दिन एफइआई सोलिडारिटी इक्वेस्ट्रियन स्पोर्ट्स इभेन्ट फर अफिसियल एण्ड जम्पिङ डिजाइनिङका कोर्स हुनेछन् । यो कोर्स प्रेड्यागका साथमा सिंगापुरका रक्षसन राडपौरले सञ्चालन गर्नुहुनेछ ।

कोर्समा नेपाल आर्मीका आठ तथा कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीका समान २-२ जना प्रशिक्षार्थी सहभागी छन् । कोर्सले नेपाली घोडचढीको प्राविधिक क्षेत्रमा फड्को मार्ने अपेक्षा गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?