अपर लोहोरे खोलाको सेयर बाँडफाँट

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अपर लोहोरे खोला हाइड्रोपावरको सर्वसाधारणलाई निष्कासन गरिएको प्राथमिक सेयर बाँडफाँट भएको छ । एनआइसी एसिया क्यापिटलको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा अपर लोहोरे खोला हाइड्रोपावरको जारी पुँजी ५० करोड ९८ लाख चार हजारको ४९ प्रतिशत अर्थात् २४ करोड ९८ लाख चार हजार बराबरको एक सय अंकित दरका २४ लाख ९८ हजार ४० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

सो सेयरमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् पाँच करोड नौ लाख ८० हजार चार सय बराबरको सय रुपैयाँ अंकित दरको पाँच लाख नौ हजार आठ सय चार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरी रितपूर्वक प्राप्त दुई लाख छ हजार सात सय ६० कित्ता सेयर सम्बन्धित आवेदकलाई बाँडफाँट गरी कम्पनीको जारी पुँजीको ३९ प्रतिशत अर्थात् १९ करोड ८८ लाख २३ हजार छ सय बराबरको सय रुपैयाँ अंकित दरका १९ लाख ८८ हजार दुई सय ३६ कित्तामध्ये एक लाख ९८ हजार आठ सय २४ कित्ता साधारण सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीलाई निष्कासन गरिएको तथा सामूहिक लगानी कोषलाई छुट्याइएको ९९ हजार चार सय १२ कित्ता सेयर र कर्मचारीलाई छुट्याइएको सेयर खरिदका लागि प्राप्त ३९ हजार सात सय ६५ कित्ता साधारण सेयरसमेत बाँडफाँट गरेको छ । बाँकी सय रुपैयाँ अंकित दरका १९ लाख ५३ हजार दुई सय ७९ कित्ता साधारण सेयर साउन १८ गतेदेखि २२ गतेसम्म निष्कासन तथा बिक्री खुला गरिएको थियो ।

कम्पनीका अनुसार जम्मा १२ लाख ८९ हजार दुई सय ८५ जना आवेदकबाट एक करोड ४१ लाख ९९ हजार आठ सय ९० कित्ता सेयर खरिदका लागि अन्तिम आवेदन प्राप्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?