मिटर ब्याजमा सुनसरी जिल्ला प्रशासनको सफलता, ४ करोड बढीको दाबी १ करोडमा सल्टियो !

हिमालय टाइम्स
Read Time = 3 mins

सुनसरी । मिटर ब्याज बिरुद्धको सुनुवाईमा सुनसरी जिल्ला प्रशासनले ठूलो सफलता हात पारेको छ ।

जिल्ला प्रशासन कार्यालयमा परेको ४ करोड ६० लाख दाबी सहितको मिटरब्याजी बिरुद्धको उजुरी सुनसरी प्रशासनले १ करोड १० लाखमा टुङ्ग्याएको हो । आफू पीडित भएको भन्दै प्रशासन पुगेका धरानका इन्द्र मोक्तानको उजुरी उपरको अनुसन्धान र छानबिनलाई टुङ्ग्याउँदै प्रशासनले पीडित पक्षलाई न्याय दिलाएको हो ।

पीडित मोक्तानका अनुसार उहाँले ४ वर्ष अघि धरानकै मणिराज राईबाट ५४ लाख ब्याजमा लिनु भएकाे थियाे । आफूसँग दोहोरो कागज गराइएको बताउने मोक्तानले चेक बाउन्स समेत गराई ४ करोड ६० लाख दाबी गरिएपछि मिटर ब्याजमा उजुरी हालेको उहाँले बताउनु भयो । मोक्तानले मिटर ब्याजका कारण तनावपूर्ण अवस्था निम्तेपछि सरकारले ल्याएको अध्यादेश बमोजिम न्यायको मागसहित सुनसरी प्रशासनमा उजुरी हालेको बताउनु भयो । उजुरी उपर छानबिन पश्चात प्रशासनबाट आफूले न्याय पाएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।

यता सुनसरी प्रशासनले उक्त उजुरी छानबिन गरी टुङ्ग्याएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले प्राप्त कागजात र यथेष्ट प्रमाणका आधारमा मिटरब्याजी बिरुद्धको उजुरी उपर छिनोफानो गरी टुङ्ग्याइएको बताउनु भयो । प्रजिअ पाण्डेले उजुरीसँग सम्बन्धित यथेष्ट प्रमाण जुटाउनसके पीडितले सहजै न्याय पाउने बताउनु भयो । प्रजिअ पाण्डेले जिल्लामा ५ सय बढी मिटरब्याजका उजुरी परेको र छानबिनको क्रममा रहेको समेत जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयबाट अहिले २ सय भन्दा बढी उजुरीहरुको छानबिन गरिरहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?