राष्ट्रपतिसमक्ष राजदूतद्वयद्वारा ओहोदाको प्रमाणपत्र पेस

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त दुई राजदूतले राष्ट्रपति भवनमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ।

नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत रोबर्ट डोमिनिक रसेल फेन र समाजवादी गणतन्त्र भियतनामका नवनियुक्त गैरआवासीय राजदूत गुएन थान हाईले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको थियो ।

समारोहमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति थियो। नवनियुक्त राजदूतद्वयलाई काठमाडौंस्थित होटल रेडिसनदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?