दैनिक बढ्दै छन् भोजपुरमा डेंगु संक्रमित

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । जनस्वास्थ्य समस्याकारुपमा देखिएको डेंगु संक्रमण भोजपुरमा पनि बढ्दै गएको छ । स्वास्थ्य कार्यालय भोजपुरले तयार गरेको बिवरणमा दैनिक संक्रमितको संख्या बढदै गएको देखिन्छ ।

स्वास्थ्य कार्यालय भोजपुरका अनुसार बिहिवारसम्म जिल्लामा संक्रमितको संख्या ८१ पुरुष र ५३ जना महिला गरी एक सय ३४ पुगेको छ । जसमा सवैभन्दा बढी संख्या १५ देखि ४९ बर्षसम्मका ९५ जना रहेको छ । यस्तै उमेरगतरुपमा १५ बर्षसम्मका १९ जना र ५० बर्ष भन्दा माथि २० जनामा डेंगो संक्रमण देखिएको स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल भोजपुरमा परीक्षण गराउनेको संख्या पालिकाहरुको तुलनामा बढी देखिएको छ । जिल्ला अस्पतालमा परीक्षण गराउने मध्ये ६९ जनामा डेंगु संक्रमण देखिएको छ । पलिकागतरुपमा पौवादुङमा गाउँपालिका ९, टेम्केमैयुङ गाउँपालिका १३, रामप्रसाद राई गाउँपालिका १२, हतुवागढी गाउँपालिका १०, अरुण गाउँपालिका ८, षडानन्द नगरपालिका ९ र साल्पासिलिछो गाउँपालिकामा ४ जना डेंगु संक्रमित छन् ।

नियन्त्रण भन्दा पनि डेंगो संक्रमण दर बढेकाले स्थानीय पालिका र स्वास्थ्य संस्थाहरुले प्रभावकारी अभियान संचालन गर्न जरुरी रहेको जिल्लावासीको माग रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?