जनआकाशको १६औं वार्षिकोत्सवमा सम्मान तथा गीत सार्वजनिक

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । जनआकाश साप्ताहिक पत्रिकाले आफ्नो १६औं वार्षिकोत्सव सम्पन्न गरेको छ । बुधबार काठमाडौंमा एक विशेष समारोहबीच उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यतामा पत्रिकाको वार्षिकोत्सव सम्पन्न भएको हो ।

सो अवसरमा ‘कति राम्रो रामेछापको सिन’ लोक गीतको लोकार्पण पनि गरिएको थियो । गीतको लोकार्पण गर्दै उपसभामुख रानामगरले भन्नुभयो, ‘म पनि रामेछापका विभिन्न भू-भागमा पुगेको छु । त्यहाँको भूगोल अत्यन्तै राम्रो छ । यो गीतमा पनि रामेछापको भूगोलको वर्णन गरिएको रहेछ । कलाकार भाइबहिनीहरूले राम्रो अभिनय गरेर नेपालको मौलिक संस्कृति झल्कने गरी देखाएको छ ।’ जनआकाश मिडियाले ल्याएको लोकगीतले समग्र नेपालीहरूको मन जित्ने छ भन्दै उहाँले प्रशंसा गर्नुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शन्तराम बिडारीले जनआकाश साप्ताहिकलाई शुभकामना दिँदै जन आकाश जस्ता साना लगानीका मिडियाहरूलाई सरकारले संरक्षण गर्न नसक्दा अन्य ठूला भनिएका मिडियाले जे भ्रम छर्‍यो त्यो नै सत्य हो की भनेर जनताले पत्याउनुपर्ने अवस्था रहेको जिकिर गर्नुभयो ।

यस्तै, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य खुमबहादुर सुवेदीले व्यासायिका समस्या निक्कै विकाराल भएको र यसको समाधान सरकारी पक्षबाट हुनुपर्ने र पर्याटनलाई प्रथामिकता दिएर नेपालको अर्थतन्त्र सुधार्न सकिने सुझाव दिनुभयो ।

जनआकाश मिडियाका अध्यक्ष मोहन कार्कीको सभापतित्वमा भएको कार्यक्रममा वित्तिय, साहित्य, लोकगीत, मोडल, पत्रकारिता, समाजसेवी, बहुआयामिक प्रतिभा गरी १५ विद्याका व्यक्तित्वलाई सम्मान तथा ‘कति राम्रो रामेछापको सिन’ गीतमा अभिनय गर्ने कलाकार, गायक, गायिका, संगीतकार, सुसेली तीज गीतमा भाग लिएका सुसेली साहित्यकारलाई कदर-पत्र र विशिष्ट अतिथि, विशेष अतिथि तथा अतिथिहरूलाई मायको चिनोले सम्मानित गरिएको थियो ।

दामोदर ढकालले सञ्चालन गरेको कार्यक्रममा सुसेली विद्याका गीतहरू प्रस्तुत गरिएका थिए । शुसिला ढकाल अधिकारीले नारी संवेदनाका विषयमा सुसेली प्रस्तुत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?