यस्तो छ- आजको विदेशी मुद्राको विनिमय दर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ७४ पैसा र बिक्री दर १३३ रूपैयाँ ३४ पैसा तथा युरोपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ५० पैसा र बिक्री दर १४५ रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ३१ पैसा र बिक्री दर १७० रूपैयाँ ०८ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.३७ रुपैयाँ र बिक्री दर ८५.७६ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ २९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७४ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ९ पैसा र बिक्रीदर ९ रुपैयाँ १३ पैसा भाउ पुग्दा दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९१ पैसा र बिक्रीदर ९ रूपैयाँ ९६ पैसा कायम गरिएको छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४१ पैसा र बिक्री दर ३६ रूपैयाँ ५८ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४ रुपैयाँ र बिक्री दर ३५.५६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.५३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६६ रुपैयाँमा खरिदबिक्री हुनेछ ।

साथै, कुवेत दिनार १ को खरिदमूल्य ४३१.४ पैसा विक्रीदर ४३२.९९ पैसामा कारोबार गर्न सकिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?