वैदेशिक रोजागारमा जानेको बृद्दी ४०.३ प्रतिशतले बढ्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ४०.३ प्रतिशतले बढेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार ७०४ पुगेको जनाएको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २ लाख ७७ हजार २७२ पुगेको छ ।

अघिल्लो वर्ष यस्तो संख्या १९८.५ प्रतिशतले बढेको थियो। समीक्षा वर्षमा खुद ट्रान्सफर २०.६ प्रतिशतले वृद्धि भई १३ खर्ब ४८ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर ४.३ प्रतिशतले बढेको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?