कोशीमा बहुमत जुटाउन विश्वासको मत दिनेलाई १० करोड र मन्त्री पदको अफर : राजेन्द्र लिङ्देन

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विश्वासको मत लिने दिनको टुङ्गो लागेसँगै कोशी प्रदेशमा बहुमत जुटाउन सत्ता गठबन्धन दलका नेताहरूले चलखेल सुरु गरेको आरोप लगाउनु भएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । यसैबेला राप्रपाका अध्यक्ष लिङ्देनले प्रदेश सभा सदस्यहरुको घरदैलोमा गएर मन्त्री र रु १० करोडको प्रस्ताव गर्दैछन् भन्ने हल्ला काठमाडौ सम्मै आइपुगेको बताउनु भएको छ ।

सामाजिक सञ्जालमा राप्रपाका अध्यक्ष लिङ्देनले लेख्नुभएको छ -‘पूर्वमा विश्वासको मत लिने दिनको टुङ्गो भएसँगै खरिदेहरु प्रदेश सभा सदस्यहरूको घरदैलोमा गएर मन्त्री र १० करोडको प्रस्ताव गर्दै छन् भन्ने हल्ला काठमाडौँसम्मै आइपुग्यो त ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?