बरिष्ठ पत्रकार आचार्यको निधन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बरिष्ठ पत्रकार, लेखक एवम पूर्व प्रशासक डिल्लीप्रसाद आचार्यको निधन भएको छ । उहाँको ८६ वर्षको उमेरमा गए राति काठमाडौँमा निधन भएको हो ।

बरिष्ठ पत्रकार आचार्य लामो समयदेखि अल्जाइमर्स रोगबाट पीडित हुनुहुन्थ्यो । विसं १९९४ मङ्सिर आठ गते बागलुङको रामरेखामा जन्मिनुभएका आचार्यले लामो समय पत्रकारिता गर्नुभएको थियो । उहाँको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको पत्रकार नारायण सापकोटाले जानकारी दिनुभयो ।

उहाँका श्रीमति, तीन छोरा र दुई छोरी हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?