‘एभरेष्ट फेस्टिभ बोनान्जा’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एभरेष्ट बैंकले ‘एभरेष्ट फेस्टिभ बोनान्जा’ अफर ल्याएको छ । आउँदै गरेको तीज, दशैँ, तिहार र छठ पर्वका अवसरमा बैंकले यस्तो अफर ल्याएको जनाएको छ । अफरमा न्यून ब्याजदरमा कर्जाका साथै सेवा शुल्कमा समेत विशेष छुटको व्यवस्था रहेको छ ।

बैंकका नायब महाप्रबन्धक गौरव कुमारका अनुसार अफरअन्तर्गत घरकर्जा १०.७४ प्रतिशतको स्थिर ब्याजदरबाट सुरु हुनुका साथै घर निर्माणका लागि शतप्रतिशतसम्म बैंकले लगानी गर्नेछ । सवारी कर्जा १०.९९ प्रतिशतको स्थिर ब्याजदरका साथै विद्युतीय सवारीमा ८० प्रतिशतसम्म बैंकले लगानी गर्नेछ ।

व्यक्तिगत तथा संस्थागत प्रयोजनार्थ आकर्षक ब्याजदरमा सेयर कर्जासमेत उपयोग गर्न सकिनेछ । तीन महिनाका लागि लागू हुने अफरमा कृषि साना तथा मझौला कर्जा आधारदर र १.५० प्रतिशतको प्रिमियमदरमा उपलब्ध हुने पनि बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?