प्रसिद्ध तीर्थस्थल पाथीभरा(फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 4 mins

ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा अवस्थित एक प्रसिद्ध तीर्थस्थल हो पाथीभरा मन्दिर । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्लिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मीको उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरूको घुइँचो लाग्‍ने गर्दछ । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकाले यी देवीको नाम ‘पाथीभरा देवी’ भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ । ताप्लेजुङका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई ‘मुक्‍तुवुङ’ भनेर चिन्दछन । लिम्बूभाषामा ‘मुक्‍तु’को अर्थ शक्ति वा बल, ‘वुङ’को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन । बाँकी तस्बिरमा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?