भारतले प्याज निर्यातमा ४० प्रतिशत भन्सार लगाएसँगै अझै मूल्य बढ्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भारत सरकारले प्याज निर्यातमा ४० प्रतिशत भन्सार लगाएको छ ।

भारतको अर्थ मन्त्रालयले मूल्यवृद्धि नियन्त्रण गर्न र आन्तरिक बजारमा भान्साका सामग्रीहरुको सुनिश्चित गर्ने उद्देश्यले ४० प्रतिशत निर्यात कर लगाउने निर्णय गरेको हो । प्याजमा निर्यात शुल्क तत्काल लागू हुनेछ भने आगामी डिसेम्बर ३१, सन् २०२३ सम्म जारी रहने बताइएको छ ।

भदौमा प्याजको मूल्य निरन्तर उकालो लागेपछि निर्यातमा ४० प्रतिशत भन्सार दस्तुर लगाउने निर्णय भएको हो । आगामी महिना प्याजको मूल्य झनै बढ्नसक्ने तथ्यांकले देखाएको छ । अगस्टमा संघीय सरकारले मूल्य नियन्त्रणका लागि स्टक प्याज निकालेको थियो ।

जुन महिनामा भारतमा टमाटरको मूल्य महंगिएको थियो । भारतका प्रमुख बजारमा टमाटरको खुद्रा मूल्य प्रतिकिलो ३ अमेरिकी डलरसम्म पुगेको थियो । साथै टमाटरको मूल्य बढेसँगै नेपालबाट समेत टमाटर आयात गरेको भारतीय अर्थमन्त्री निर्माला सीतारमणले बताउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?