डा केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना

Read Time = 1 min

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनु भएको छ ।

विभिन्न ७ बुँदे माग राखि धनगढीमा अनशन सुरु गर्नुभएको डा केसी स्वास्थ्य अवस्था बिग्रेपछि बुधबार उपचारका लागि आफ्नै खर्चमा काठमाडौं आउनु भएको हो । अस्पताल भर्ना भए पनि डा केसीले अनशन जारी राखेको उहाका सहयोगीहरुले बताएका छन् ।

सरकारले मंगलबार डा केसीलाई काठमाठौं ल्याउन नेपाली सेनाको हेलिकप्टरमा धनगढी लगेको भए पनि उहाँले काठमाडौं आउन अस्वीकार गर्नुभएको थियो ।

स्वास्थ्यमा जटिलता देखिएपछि उहाँलाई सेती अञ्चल अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको हो । अस्पतालले डा केसी शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने जोखिम रहेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?