उपराष्ट्रपति यादव स्वदेश फिर्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव चीन भ्रमण सकेर स्वदेश फिर्ता हुनुभएको छ। गत २९ साउनमा सातौं चीन–दक्षिण एसिया प्रदर्शनी तथा २७औं चीन कुनमिङ आयात–निर्यात मेलामा सहभागी हुन उपराष्ट्रपति यादव चीन प्रस्थान गर्नुभएको थियो ।

चीनको कुनमिङबाट नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोमबार अपरान्ह उपराष्ट्रपति स्वदेश फिर्ता हुनुभएको हो ।

उपराष्ट्रपति यादवको स्वागतका लागि सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासहित मन्त्रिपरिषद्का सदस्यलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?