सल्यान । सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सल्यान दार्मा गाउँपालिका-२ का ३६ वर्षीय खुम बहादुर खत्री भन्ने ओम्पत खत्री र रुकुम पश्चिम सानोभेरी गाउँपालिका-११ का ६० वर्षीय कमारो कामी रहेका छन्।
दुवै जनाको दाङ तुल्सिपुरस्थित राप्ति प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
यस्तै तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ। रुकुम पश्चिमको नुवाकोटबाट दाङतर्फ जाँदै गरेको लु२ख ५७३१ नम्बरको गाडी सोमबार दिउँसो राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका-३ आगरखोलामा दुर्घटना भएको थियो।
गाडी सडकबाट दुई सय मिटर तल खसेको र अन्य १३ घाइतेको राप्ति प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच