प्रतिनिधिसभा बैठक बस्दै, पुरानै कार्यसूचीको निरन्तरता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।

त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र तथा विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

साउन १० गतेयता अवरुद्ध रहेको सदनलाई सुचारु गराउने विषयमा दलहरू सहमति नजिक पुगेकोले आजको बैठकले निरन्तरता पाउने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अगुवाइमा सोमबार अबेर रातिसम्म बसेको दलहरूको बैठकमा प्रमुख प्रतिपक्षी एमालेको मागअनुसार उच्चस्तरी छानबिन समिति गठन गर्ने सहमति भएको थियो ।

सरकार छानबिन समिति बनाउने सहमतिमा प्रतिबद्ध रहिरहे आज संसद् खुल्न सक्ने एमाले प्रमुख सचेतक पदम गिरीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?