सिटिजन्सको किशोक सेवा विस्तार

Read Time = 3 mins

काठमाडौं । हजुरको प्रगतिको सहयात्री भन्ने मूल मन्त्रसाथ विगत १६ वर्षदेखि सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकको वित्तीय आवश्यकता डिजिटल माध्यमबाट सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायसाथ करिब एक वर्षअघि काठमाडौंको दरबारमार्ग शाखाबाट सुरु गरेको किशोक सेवा अब काठमाडौं उपत्यकालगायत बाहिरका प्रदेशमा पनि विस्तार गरेको छ ।

आइतबार एक समारोहबीच उक्त सेवा उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले काठमाडौंको कलंकी र नयाँबजार शाखा, कोशी प्रदेशको विराटनगर शाखा, मधेश प्रदेशको वीरगञ्ज शाखा तथा लुम्बिनी प्रदेशको हस्पिटललाइन शाखामा गरी एकसाथ पाँच शाखामा सञ्चालनमा ल्याउनुका साथै कोशी प्रदेशको कर्सिया, मधेश प्रदेशको धनुषाधाम, बागमती प्रदेशको सिन्धुली र भरतपुर तथा गण्डकी प्रदेशको कोल्हुवामा गरी एकसाथ पाँच शाखामा एटिएम सेवासमेत विस्तार गरेको छ ।

निकट भविष्यमा सेवालाई आवश्यकताअनुसार बैंकका अन्य शाखामा समेत विस्तार गरिने योजना रहेको प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताउनुभएको छ । किशोक सेवामार्फत् प्रारम्भिकरूपमा ग्राहकले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ चेक डिपोजिट गर्ने जस्ता सेवा बैंकका कर्मचारीको सहयोगबिना नै प्राप्त गर्न सक्ने बताइएको छ ।

नयाँ प्रविधिलाई आत्मसात गर्नुका साथै ग्राहक महानुभावको अमूल्य समयको सदुपयोगलाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवा प्रदान गर्ने उद्देश्यसाथ किशोक सेवा विस्तार गरिएको बैंकले जनाएको छ । सोही समारोहमा नयाँ वर्ष २०८० सालको क्यालेण्डरसमेत सार्वजनिक गरिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?