बर्दिया । कानुन व्यवसायी वासुदेव चौधरीको निधन भएको छ । बर्दिया निवासी ५५ वर्षीय चौधरीको हृदयघातका कारण सोमबार बिहान निधन भएको हो । अस्पताल लैजाँदै गर्दा उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
राधाकृष्ण थारू जनसेवा केन्द्रको संस्थापक सचिवसमेत रहनुभएका उहाँ बर्दियाली आवाज पत्रिको संस्थापक प्रकाशक/सम्पादकसमेत हुनुहुन्थ्यो । उहाँले पत्रकार महासंघ र प्रेस युनियनमा आबद्ध भएर पनि काम गर्नुभएको थियो ।
थारूमुक्ति आन्दोलनमा शसक्त भूमिका खेल्नुभएका उहाँ गुलरियास्थित खानेपानी उपभोक्त समितिको कोषाध्यक्षसमेत हुनुहुन्थ्यो । पछिल्लो समय भने उहाँ कानुन व्यवसायमै सक्रिय हुनुहुन्थ्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच