साम्बाको टोली सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ सम्मिलित हापोएल रानाना महिला फुटबल क्लब सोमबार रातीको खेलमा हार बेहोरे पनि एथेना कपको सेमिफाइनलमा पुगेको छ ।

सोमबार राती भएको खेलमा हापोएल कातामोनसँग ६-० को फराकिलो हार बेहोरे पनि रानाना समूह उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघिको खेलमा साम्बाले १ गोल र १ असिष्ट गर्दा रानानाले हादेरालाई २-० ले हराएको थियो ।

त्यसअघिको खेलमा भने विपक्षी टोली अनुपस्थित रहँदा रानानाले वाकओभर पाएको थियो । दुवै समूहमा चार-चार टोली रहेको अवस्थामा अब रानानाले समूह ‘बी’को विजेतासँग सेमिफाइनलमा खेल्नेछ । अर्को समूहमा साबिक विजेता किर्यात गाटलाई बलियो चुनौती पेश गरिरहेको छ । समूह ‘ए’बाट हापोएल कातामोन समूह विजेता बन्दै अघि बढेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?