विवाहको १४ महिनापछि सहयात्रा टुंग्याउने निर्णयमा ब्रिट्नी र साम

Read Time = 2 mins

एजेन्सी । पपस्टार ब्रिट्नी स्पेअर्सको पति साम अस्गरीसँग सम्बन्धविच्छेद हुने भएको छ । विवाहको १४ महिनापछि आफूहरूले सहयात्रा टुंग्याउने निर्णय गरेको अस्गरीले सार्वजनिक गनुभएको हो । यो जोडीले ‘सम्झौता गर्न नसकिने मतभिन्नता’का कारण सम्बन्धविच्छेदका लागि निवेदन दिएसँगै सहयात्रा टुंगिनेतर्फ अघि बढेको हो । स्पेअर्स ४१ वर्षकी हुनुभयो भने अस्गरी २९ वर्षका हुनुहुन्छ ।

उहाँहरूबीच सेप्टेम्बर २०२१ मा इन्गेजमेन्ट भएको थियो भने जुन २०२२ मा उहाँहरूले विवाह गर्नुभएको थियो । तर, उहाँहरूले साथमा ६ वर्ष बिताउनुभएको छ । उहाँहरूको विवाहमा समस्या रहेको अमेरिकी ट्याबलोइडहरूले बताउँदै आएका थिए ।

स्पेयर्सको ‘बेबी वन मोर टाइम’ गीत सार्वजनिक भएपछि उहाँ संसारभर लोकप्रिय हुनुभएको थियो । उहाँ १६ वर्षको उमेरमै सुपरस्टार बन्नुभएको थियो । यही अक्टोबरमा स्पेअर्सको आत्मकथा ‘दी वुमन इन मी’ पनि प्रकाशित हुँदैछ । स्पेयर्सको यो तेस्रो विवाह थियो ।

यसअघि उहाँले सन् २००४ मा जेसन अलेक्जेन्डरसँग विवाह गर्नुभएको थियो । तर, विवाह गरेको ५५ घण्टामै उहाँले रद्द गर्नुभएको थियो । स्पेअर्सको दोस्रो विवाह ¥यापर केभिन फेडरलाइनसँग भएको थियो । जुन तीन वर्ष टिकेको थियो । उनीहरूका दुई सन्तान पनि छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?