नेपाल-भारत सम्बन्ध र गोलभेडाको रमिता

मेघनाथ दाहाल
Read Time = 16 mins

व्यक्तिगत रूपमा मेरो मानसिकता भारतप्रति सर्वदा सकारात्मकता रहेको छ । यसमा कुनै नाफाघाटा, लेनदेन नभएर त्यसै बनेको मानसिकता हो । यसमा भारतीय भूमि नजिकै भएको मेरो हुर्काइबढाइ वा भारतीय गीतसंगीतलगायत विषयवस्तुले बाल्यावस्थादेखि पारेको सकारात्मक प्रभाव हुन सक्छ । साथै नेपालीहरू भन्दा औसतमा भारतीयहरूको मिहिनेती स्वाभावले काम गरेको हुनुपर्छ तर मैले आजसम्म भारत एवं भारतीयहरूको तर्फबाट कुनै किसिमको फाइदा लिएको छैन । एकाध पटक काम विशेषले दक्षिण भारतीय भूमिको सुदूरसम्मको यात्रा गर्ने मौका पाएको छु । मैले औपचारिक कुनै भेलामा न त अनौपचारिक रूपमा कुनै ठूला भनाउँदा भारतीयहरूको जमघटमा नै भाग लिने मौका पाएको छु ।

आजको दिनमा पनि मलाई कसैले अनावश्यक रूपमा भारत र भारतीय पक्षलाई विनाकारण सत्तोसराप गरेको मन पर्दैन । भारतीय भूमिबाट लगभग हवाई दूरी ४० किलोमिटरमा अवस्थित पूर्वको भित्रीमधेसको सानो गाउँमा हुर्की बढेको म यसपालिको गोलभेडाको रमिते बन्दा मलाई मेरो होस भएको तीनदशक मिथ्या जस्तो लाग्यो । यो लेखको प्रसंगमात्र के हो भने भोलिका दिनमा विश्वको महाशक्ति राष्ट्र बन्ने होडमा अगाडि बढिरहेको भारतीय पक्षले यो वा त्यो निहुँमा नेपालबाट गोलभेडा निर्यातको क्रममा देखाएको अति नै तुच्छ किसिमको व्यवहारले मलाई मर्माहत तुल्याएको छ । तर पनि यो लेख तयार गरिसक्दा नेपालबाट भारतीय बजारमा १० टन टमाटर निर्यातको व्यवस्था मिलेको कुरा समाचारमा आएको छ ।

आजको विश्वमा नेपाल र भारतबीचको खुला सिमानाले तय गरेको नेपालको सम्बन्धलाई कुनै समयमा देखापर्ने यस्ता प्रसंगले खुम्च्याउनु हुँदैन । हामीभन्दा भारतीय पक्ष अझ सजग एवं संयमित हुनुपर्ने देखिन्छ । स्वाभाविक रूपमा सानो मुलुकभन्दा ठूला मुलुकहरूको दायित्व बढी हुने र ठूलै छाती गर्नुपर्ने हुन्छ । नेपाल–भारतबीचको सदीयौंदेखिको सामाजिक, सांस्कृतिक अझ भन्ने हो भने यौनिक सम्बन्धलाई समान्य प्रसंगहरूमा तुलना गरेर विचार बनाउनु राम्रो होइन । भोलिको विश्व हाँक्ने सपना देखेर अघि बढेको र धेरै सम्भावना भएको विशाल मुलुकका लागि यो लाजको विषय हो ।

नेपाल-भारतसँग व्यापारिक सम्बन्ध केलाउने हो भने हामी प्राचीन समयदेखि आउनुपर्ने हुन्छ । अझ मध्यकालमा भारतीय पक्ष एवं तिब्बतीहरू बीचको ट्रान्जिटको रूपमा काठमाडौं उपत्यकाले भूमिका खेलेको र उक्त कारण नेपाली अर्थतन्त्र स्वर्णयुगमा थियो भन्ने कुरा इतिहासबाट प्रष्ट हुन्छ ।

हुन त जसोतसो टमाटरको अप्ठ्यारो-सजिलोमा परिणत भएको छ तर यसो हुनलाई नेपाली पक्षले निकै हुर्मत एवं हानी नोक्सानी व्यहोर्नुपरेको थियो । प्राकृतिक रूपमा वर्षायाममा मनसुनले भारतीय एवं नेपाली भू-भाग एकैपटक सिञ्चित गर्ने गर्दछ । भारतीय क्षेत्रमा भएको अतिवर्षा वा अन्य कारणले गर्दा टमाटरको माग यथास्थितिमा हुँदाहुँदै आपूर्तिको मात्रामा कमीले टमाटरको मूल्यमा वृद्धि र नेपाली क्षेत्रमा भएको टमाटरको राम्रो उत्पादनले भारतीय बजारमा पठाउन खोजिएको चटारोकाबीचमा विवादले यस प्रसंगलाई सतहमा ल्याएको हो ।

नेपालीहरूको दुःखसुखमा साथ दिने नजिकको मित्रराष्ट्र भारत नै हो । भौगोलिक रूपमा नेपालले चाहेर पनि चिनियाँसँग धेरै अपेक्षा गर्न सक्दैन । चीनले पनि गर्न नसक्ने कुरा १२ लाख किलोलिटर पेट्रोलियम पदार्थ रसुवाबाट काठमाडौं ल्याउँदा विगतमा नेपाली पक्षले पाएको हन्डरले प्रष्ट्याइ दिएको छ । यसलाई के नबुझियोस् भने नेपालका लागि भारतीय पक्ष अलि धेरै महत्वको र चिनियाँ पक्ष कम महत्वको भनेर यो आलेखमा भन्न खोजिएको पक्का होइन । नेपालका लागि दुवै पक्षको साथसहयोग र सद्भाव उत्तिकै महत्वपूर्ण छ ।

नेपाल-भारतसँग व्यापारिक सम्बन्ध केलाउने हो भने हामी प्राचीन समयदेखि आउनुपर्ने हुन्छ । अझ मध्यकालमा भारतीय पक्ष एवं तिब्बतीहरू बीचको ट्रान्जिटको रूपमा काठमाडौं उपत्यकाले भूमिका खेलेको र उक्त कारण नेपाली अर्थतन्त्र स्वर्णयुगमा थियो भन्ने कुरा इतिहासबाट प्रष्ट हुन्छ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले भारतीय एवं चिनियाँ पक्षसँग होसियारीका साथमा सबै किसिमका सम्बन्ध स्थापित गर्न सुझाउनुभएको थियो । राणाकालमा भारतीय इष्ट इण्डिया कम्पनीको नजिक थियौं । सात सालको राजनीतिक परिवर्तनले नेपाल र नेपालीलाई अझ भारतीयहरूको नजिक पुर्‍याएको देखिन्छ ।

आज नेपाली अर्थतन्त्रको मुख्य अंश आयात-निर्यात भारतीय बाटो भएर नै हुनेगरेको छ । नेपालको आर्थिक एवं सबै किसिमका व्यापारिक कारोबारमा आजका दिनमा पनि भारतीय बजारसँगको हिस्सा ६० प्रतिशत भन्दा माथि रहेको तथ्यांकले स्पष्ट देखाउँछ । नेपालमा भएका वा हुने गरेका अधिकांश आर्थिक एवं व्यावसायिक कारोबारलगायत वाणिज्यसँग सम्बन्धित पक्षमा धेरै हिस्सा भारतीय पक्षको रहँदै आएको छ । यो धेरै हदसम्म स्वाभाविक पनि देखिन्छ ।

नेपाल र नेपालीहरूको राजनीतिक मात्र नभएर आर्थिक तथा अन्य सबै किसिमको सकारात्मक परिवर्तनमा अमेरिकापछि भारतको माथिल्लो स्तरको साथसहयोग रहँदै आएको देखिन्छ । नेपालबाट विश्वका अन्य मुलुकमा हुने व्यापार-वस्तु एवं मुलुकहरूको विविधीकरण भए तापनि मुख्य अंश भारत नै छ । नेपाल-भारतीयबीचको सबै किसिमको सम्बन्धनमा नियम, कानुन तथा सन्धि-सम्झौताभन्दा व्यावहारिक पक्षले काम गरेको छ ।

भारतीय संस्थापनले सन् १९९० को दशकबाट गरेको आर्थिक, प्राविधिक र व्यावसायिक उन्नतिले आज उसको हैसियत विश्वको पाँचौं स्थानमा पुगेको छ । अबको पाँच दशकभित्र विश्वमा चीनले आर्थिक रूपमा आधिपत्य जमाउने कुरा स्वयं पश्चिमाहरूले नै गरिरहेको अवस्थामा भारतीय पक्ष पनि यो दौडमा सँगसँगै छ । विश्व मानचित्रमा आर्थिक, सामारिक एवं सबै हिसाबमा अग्रणी बन्ने प्रयासमा रहेको कुनै पनि मुलुकले आफ्नो छाती चौडा राख्न सक्नुपर्ने हुन्छ । अन्यथा कथनी र करणीबीच भिन्नता देखिन्छ । यो जुनसुकै व्यक्तिका हकमा लागू हुने गर्दछ ।

हामीले वर्षौंदेखि नेपालका लागि मात्र भनिएका धेरै उत्पादन विनासंकोच प्रयोग गरिरहेका छौं । हुन त यसमा भारतीय पक्षभन्दा नेपालकै निकम्मापन झल्किन आउँछ । सर्वथा नाफा, फाइदा एवं आफ्नो हित मात्रलाई ध्यान पु¥याउँदा कालान्तरमा भारतीय पक्षलाई नै घाटा पुग्ने देखिन्छ । प्रसंग टमाटरको मात्र नभएर नेपालबाट निर्यात हुने र हुनसक्ने अलैंची, अदुवा, सुन्तला, कागतीलगायत धेरै जडिबुटीजन्य पदार्थको हकमा भारतीय पक्षले थोरै नेपालप्रति सदासयता राख्न सक्नुपर्ने हुन्छ । यो दुवैको हितमा देखिन्छ ।

आर्थिक समृद्धिको साथमा विश्व परिवेशमा आफ्नो उपस्थिति अर्थपूर्ण बनाउन सामरिक रूपमा कुनै पनि मुलुक तयार हुनुपर्दछ । सामरिक रूपमा तयार हुनुभनेको हातहतियार तथा डिफेन्सको सामथ्र्यमा वृद्धिमात्र नभए छिमेकीहरूसँगको सौहार्दपूर्ण एवं सहयोगी भावनाको विकास हो । छिमेकी मित्रराष्ट्रहरूप्रति सद्भाव राख्न सक्ने क्षमताको विकास पनि भारतीय पक्षले गर्न सक्नुपर्ने हुन्छ । पछिल्ला केही दशकमा नेपाल र नेपालीहरूमाझ भारतीय पक्षप्रतिको सकारात्मकता भन्दा पनि नकारात्मकताको वृद्धि हुँदै गएको छ । कम्तीमा पनि भारतीय पक्षले यसलाई चिर्न सक्नुपर्ने हुन्छ ।

आर्थिक, प्राविधिक एवं सामरिक रूपमा भारत विश्वमानचित्रमा जसरी अघि बढिरहेको छ, सोही रूपमा नेपालमात्र नभएर अन्य छिमेकीसँगको सम्बन्धलाई सुमधुर बनाउने काममा सफल हुन सकेको छैन । भारत, पाकिस्तान स्वभाविक रूपमा जन्मजात शत्रुता साधेर बसेका छन् । 

सामरिक महत्वका लागि पनि भारतीय पक्ष नेपाली पक्षसँग थोरै भए पनि सहयोगी हुनुपर्ने देखिँदै आएको छ । हुन त विश्वमानचित्रमा भारतसँगको सहयात्रामा अमेरिका रहेको देखिन्छ । विगत चारदशकदेखिको चिनियाँहरूको सबै क्षेत्रमा चकचकीका कारण धेरै परको अमेरिकाभन्दा नजिकैको कमजोर भए पनि नेपाल नै काम लाग्ने देखिन्छ । दक्षिण एशियाको हकमा यसै भूधरातलीय नेपालको अवस्थिति निकै महत्वपूर्ण रहँदै आएको छ ।

आर्थिक, प्राविधिक एवं सामरिक रूपमा भारत विश्वमानचित्रमा जसरी अघि बढिरहेको छ, सोही रूपमा नेपालमात्र नभएर अन्य छिमेकीसँगको सम्बन्धलाई सुमधुर बनाउने काममा सफल हुन सकेको छैन । भारत, पाकिस्तान स्वभाविक रूपमा जन्मजात शत्रुता साधेर बसेका छन् । त्यसैगरी बंगलादेश, श्रीलंका, भुटान, नेपाल, अफगानिस्तान लगायत मुलुकसँगको सम्बन्धलाई सुमधुर बनाउनुपर्ने अवस्थामा टमाटर निर्यातमा देखाएको झिँगाको जत्रो चित्तले भारतको क्षणिक फाइदा त होला तर कालान्तरमा हित हुने देखिँदैन ।

यसै पनि नेपाल-भारतबीच विद्यमान लामो अनियन्त्रित खुला सिमाना र यसबाट हुनसक्ने अवान्छित क्रियाकलापलाई रोक्न दुवैको भूमिका महत्वपूर्ण र परिपूरक जस्तो देखिन्छ । नेपाल-भारत दुवैको सामाजिक, आर्थिक तथा सामरिक क्षेत्रहरूको हितमा काम गर्नेका लागि आर्थिक रूपमा सुविधा सम्पन्न हुन नसके पनि कम्तीमा सबल एवं राजनीतिक रूपमा स्थिर नेपालको आवश्यकता दुवैका लागि जरुरी छ । यसका लागि भारतले भन्दा बढी नेपालको हकहितमा आजका दिनसम्म अरू कसैले पनि गर्न सक्ने अवस्था देखिँदैन । यो तीतो यथार्थलाई भारतीय विद्वत वर्ग र उच्च पदस्थ राजनीतिक एवं प्रशासनिक संस्थापनले नबुझेको पनि होइन । तर, यस सन्देशलाई व्यावहारिक रूपमा तल्लो तहसम्म लैजान नसक्दाको परिणाम समय-समयमा नेपालीले भोगिरहेका छौं ।

अन्त्यमा, आजसम्म भएका र हुन बाँकी दुईपक्षीय सबै कानुनी एवं वाणिज्यलगायत पारवहन सन्धि-सम्झौताको कार्यान्वयनको साथमा अघि बढ्नुको कुनै विकल्प देखिँदैन । ठूलो अर्थतन्त्र भएको नाताले पनि स्वाभाविक रूपमा भारतीय पक्षको भूमिका बढी हुने गर्दछ । त्यसैगरी नेपालले पनि भारतीय पक्षका सुरक्षालगायतका चासोका केही संवेदनशील पक्षमा नजरअन्दाज गर्न कदापि मिल्दैन ।
यसरी ‘विन–विन गेम’को सिद्धान्तका आधारमा दुवै मुलुक अघि बढेको खण्डमा पर्यटन, जलविद्युत्, सिँचाइ, उद्योगलगायत क्षेत्रमा तुलनात्मक लागत लाभको सिद्धान्तको आधारमा काम गर्न सक्ने धेरै क्षेत्र विद्यमान छन् । यी र यस्ता धेरै सम्भावना र चुनौतीलाई एकसाथ सामना गर्न हाम्रो भूगोल, समाज र आवादिले पनि साथ दिएको छ । भारत र भारतीय पक्षले यस्ता पक्षमा विशेष ध्यान पु¥याउन सकेमा फाइदा भारतकै हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?