सरकारकै डिजाइनमा सुनको धन्दा चलेको एमाले महासचिवको आरोप

हिमालय टाइम्स
Read Time = 1 min

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारकै डिजाइनमा सुनको धन्दा चलेको आरोप लगाउनुभएको छ ।

बुधबार बिहान वीरेन्द्रनगरमा पत्रकारहरूसँगको अन्तरक्रिया‌ कार्यक्रममा उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले सुनको धन्दा सरकारले नै गर्छ भन्ने कुरा प्रस्ट भएको दाबी गर्नुभयो । उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘अहिलेको सरकारले जे गरिरहेको छ यसरी देश चल्छ ? ललिता निवासको‌ अनुसन्धान हेर्दा यसलाई कसरी सुशासनका लागेको सरकार भन्ने ?’

यी सबै काम सरकारकै डिजाइनमा भएकोले एमालेले संसद् अवरुद्ध गरेको उहाँको भनाइ छ । संसद् बैठक साउन १० गतेदेखि सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले सदन अवरुद्ध गर्दै आएको छ ।

सरकार सीआईबीले छानबिन गरिरहेको भन्दै राज्यको संयन्त्रमा विश्वास गर्नुपर्ने तथा उच्चस्तरी छानबिन समिति गठन गर्न नसक्ने अडानमा छ । तर, एमाले भने समिति नबनेसम्म सदन चलाउन नदिने भन्दै बैठक अवरुद्ध गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?