पर्खाल भत्किँदा भारतीय मजदुरको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

सप्तरी । सप्तरीको एक इँटा भट्टाको पर्खालभत्किँदा भट्टामा काम गर्ने एक भारतीय मजदुरको मृत्युु भएको छ ।

रूपनी गाउपालिका २ स्थित पिपराहीको जेएसआर इँटा उद्योगको मंगलवार पर्खाल भत्किदा एक भारतीय मजदुरको मृत्यु भएको छ । दुई जना मजदुर गम्भीर घाइते भएका छन् ।

बिहान ७ बजेतिर इँटा निकाल्ने क्रममा अचानक पर्खाल भत्किँदा भारतको पश्चिम बंगाल राज्य कुच विहार ग्राम पञ्चायत अठरजनी निवासी ४५ वर्षीय अलिम अज्मिको मृत्यु भएको हो ।

पर्खालले चेपिएर गम्भीर घाइते भएका मजदुरको स्थानीय गजेन्द्र नारायण सिह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिनुभयो ।

घटनामा मृतककी २८ वर्षीया पत्नी भुजिन विवी र सोही ठाँउ निवासी २५ वर्षीय जनमालरुलहक घाईते भएका छन् । दुबै जनाको अस्पतालमा उपचार भइरहेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रवक्ता सिंहको भनाई छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?