पढ्दै कमाउँदै विद्यार्थीहरु

विवेक खड्का दाङ, संवाददाता
Read Time = 5 mins

दाङ । घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ माध्यामिक विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रममा ६५ जना विद्यार्थी सहभागी छन ।

उनिहरु सैद्धान्तिक ज्ञान कक्षा काठा र व्यवहारिक ज्ञान फिल्डमा सिक्ने गर्छन् । जसले विद्यार्थिमा उत्साह थप्न काम गरेको छ । विद्यार्थिहरु सामुहिक रूपमा तरकारी खेती गर्दा सिकाईसँगै आम्दानी समेत गर्ने गरेका छन् । उत्पादन भएको तरकारी बजारीकरणको काम विद्यालयले गरेको छ । विद्यार्थिहरु तरकारी रोप्नका लागि खेत बनाउने, विउ राख्ने, रोप्ने, गोडमेल गर्नेदेखि उत्पादन भएको तरकारी विक्री गर्ने गर्छन् ।

आयआर्जन गरी पढ्नुपर्ने बाध्यतामा रहेका सामुदायिक विद्यालयका विद्यार्थीलाई आत्मनिर्भर गराउने उद्देश्यले सुरु भएको यो कार्यक्रम सफल हुँदै गएको विद्यालयका प्रधानाध्यापक उत्तम खनाल बताउँनुहुन्छ । अहिलेसम्म विद्यालयमा बाली विज्ञान अध्ययनरत विद्यार्थीहरू मात्रै यो कार्यक्रममा जोडिएको भन्दै उहाँले यो अर्थिक बर्षदेखि अन्य विषयहरू अध्ययनरत विद्यार्थीलाई पनि कार्यक्रममा जोड्ने सोच रहेको बताउनुभयो । कृषिका लागि खेतमा आवश्यक पर्ने बीउ, मल, औजार उपकरण,सिचाईका लागि डिप बोरिङको समेत व्यवस्था विद्यालयले नै गरिदिएको छ ।

दंगीकरण गाउँपालिका निवासी विद्यार्थी रेणु डिसी यो कार्यक्रममा जोडिनुभएको एक छात्रा हुनुहुन्छ । डिसी विद्यालयले उपलव्ध गराएको जग्गामा तरकारीका साना विरुवा रोप्ने, गोडमेल गर्नेदेखि तयार भएका तरकारी टिप्नेदेखि विक्री गर्ने गर्नु हुन्छ । बाली विज्ञानमा अध्ययनरत विद्यार्थीका लागि विद्यालयले प्रयोगात्मक अभ्यासका लागि ४ विगाह जग्गा व्यवस्थापन गरिदिएपछि साथीसँगै आफुहरुले विगत दुई बर्षदेखि तरकारी खेती गर्दै आएको विद्यार्थी रेणु बताउँनुहुन्छ । पढाई सँगै तरकारी खेती गर्न थालेपछि कृषि व्यवसाय सम्वन्धी बुझ्नलाई सहजतासँगै आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । त्यस्तै मुगुकी सपना बढा पनि यही कार्यक्रममा जोडीएकी अर्की छात्रा हुनुहुन्छ । कृषि पढ्नका लागि मुगुदेखि दाङ आउनुभएकी सपनाले तरकारी खेती समेत गर्दै आउनुभएको छ । उहाँले खेतवारीबाट उत्पादन भएको तरकारी विक्री गरेर एक सिजनमा करिव चार हजार रूपैया आम्दानी गरेको वताउनुभयो । उहाँलाई कृषि पढ्न थाले पनि व्यवहारिक रूपमा तरकारी खेती कसरी गर्छन भन्ने अभ्यास थिएनन् । विद्यालयले पढाई सँगै सिक्नका लागि जग्गा उपलव्ध गराईदिएपछि अहिले पढेका कुरा सिक्दै, उत्पादन भएको तरकारी विक्री गर्दा आम्दानी समेत हुन थालेको छ । जसले गर्दा डेरागरी बस्ने आफुजस्ता विद्यार्थीलाई सहज भएको छ ।

विद्यालयमा सुरु भएको पढ्दै कमाउँदै कार्यक्रमले कृषि विषयमा अध्ययनरत विद्यार्थीलाई प्रयोगात्मक अभ्याससँगै आम्दानी गर्ने श्रोत बनेको विद्यालयका बाली विज्ञान कार्यक्रम संयोजक शिक्षक युवराज बस्नेत बताउनुहुन्छ । शिक्षक बस्नेतका अनुसार कक्षा कोठामा पढेको कुरा व्यवहारमा उतार्नका लागि विद्यार्थीहरू दिउँसोको समयमा खेतमा पुग्ने गरेका छन् । कार्यक्रम संयोजक बस्नेतले भन्नुभयो,‘तीन वर्षअघि कृषि विषयको पढाइ सुरु गरेकोे विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रममा जोडिएपछि विद्यार्थीले पढाईसँगै तरकारी खेती गर्न थालेका हुन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?