हट्यो सदनको अवरोध, आयोग गठन गर्ने सहमतिबारे सदनलाई जानकारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एक महिनादेखिको सदन अवरोध अन्त्य भएको छ । गत १० साउनदेखि एमालेले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति वा आयोग गठन गर्नुपर्ने माग राखेर सदन अवरुद्ध गर्दै आएको थियो । बुधबार दलहरुबीच आयोग गठन गर्ने सहमति भएपछि सदनको अवरोध अन्त्य भएको हो ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्ने दलीय सहमतिबारे सदनलाई जानकारी गराउनु भयो । उहाँले सरकारको तर्फबाट सदनलाई जानकारी गराउनु भएको हो ।

बुधबार बसेको राष्ट्रिय दल मान्यता प्राप्त दलहरुको बैठकले सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्ने सहमति भएको छ । यसपछि बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकले उक्त सहमतिबार सदनलाई उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउने निर्णय गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?