कामनाको गाईजात्रा विशेषांक पाठकमाझ

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । कामना न्यूज पब्लिकेसन्सले हरेक वर्षजस्तै यस वर्ष पनि गाईजात्रा विशेषांक पाठकमाझ ल्याएको छ । पब्लिकेसन्सले नजिकिँदो गाईजात्रा पर्वका अवसरमा आफ्नो लोकप्रिय सिने मासिक कामनामा गाईजात्रा विशेषांक प्रकाशन गरेको हो । वर्षभरिको शोक भुलाउने पर्वका रूपमा प्रचलित गाईजात्रा पर्वको महत्व र परम्परालाई जीवित तुल्याउन हरेक वर्ष कामना गाईजात्रा विशेषांक प्रकाशन गर्दै आएको पब्लिकेसन्स्द्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पब्लिकेसन्सले बोल्नसमेत डराउनुपर्ने निरंकुश पञ्चायत कालमा समेत हास्यव्यंग्य लेख तथा व्यंग्य चित्रका माध्यमले तत्कालीन राज्य व्यवस्था तथा विकृति र विसंगतिमाथि तीखो व्यंग्य गरेको थियो ।

कामना गाईजात्रा विशेषांकले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिपछि पनि विद्यमान राजनीतिक, सामाजिक तथा आर्थिक विकृति र विसंगतिमाथि व्यंग्य प्रहार गर्दै आएको छ । साथसाथै हासो र ठट्टाको विशेष अंकका रूपमा पाठकमाझ यो लोकप्रिय बन्दै आएको छ ।
पाठककै चाहना र माग तथा गाईजात्राको अवसरमा गरिने हासो र ठट्टासँगै पर्वको महत्व र परम्परालाई निरन्तरता दिँदै गाईजात्रा संस्कृतिको संरक्षण र संवद्र्धनका लागि गाईजात्रा विशेषांक प्रकाशन गर्दै आएको पब्लिकेसन्सका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठ बताउनुहुन्छ । कामना गाईजात्रा विशेषांकमा हरेक वर्ष देशको राजनीतिदेखि सामाजिक अवस्थाको चित्रण गर्ने गरिएको र ४०औं वर्षको यस वर्षको विशेषांक अझ विशेष रहेको उहाँले बताउनुभयो ।

कामनाका सम्पादक विदुर गिरीका अनुसार गाईजात्रा पर्वको परम्परा र संस्कृतिप्रति चिन्तनशील देशकै दर्जनौं ख्यातिप्राप्त व्यंग्य लेखक तथा व्यंग्य चित्रकारहरूले कामना गाईजात्रा विशेषांक प्रकाशनका लागि साथ दिँदै आएकाक छन् । यस वर्षको कामना गाईजात्रा विशेषांकमा देशका दर्जनौं व्यंग्य लेखक, हास्यव्यंग्य कलाकार र कवि तथा व्यग्य चित्रकाहरूको सयौं चोटिला सिर्जना पढ्न र हेर्न पाइने पब्लिकसेसन्सले जनाएको छ । ७६ पृष्ठको कामना गाईजात्रा विशेषांकको मूल्य १५० रुपैयाँ राखिएको छ ।

२०४१ साल मंसिर १५ गतेबाट निरन्तर कामना सिने मासिक प्रकाशनमा ल्याउँदै आएको कामना पब्लिकेसन्स् विभिन्न नयाँ कार्यक्रम र थालनीका साथ स्थापनाको ४०औं वर्ष मनाउने क्रममा छ । यसै क्रममा यस वर्षको कामना गाईजात्रा विशेषांकलाई स्थापना कालदेखिकै विशेष अंकका रूपमा प्रकाशन गरेको पब्लिकेसन्सले जनाएको छ । स्थापनाको सुरुवाती समयदेखि प्रकाशन गर्दै आएको कामना गाईजात्रा विशेष अंकलाई सधैंझैं यस वर्ष पनि निरन्तरता दिँदै ३६५औं पूर्णांकका रूपमा तयार पारेको पब्लिकेसन्सले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?