धनगढीका नगरप्रमुख हमालद्वारा ३, ४८९ विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 5 mins

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले विद्यार्थीका लागि शैक्षिक सामाग्री सहयोग गर्नु भएको छ । नगर प्रमुख हमालले आफ्नो पारिश्रमिकको रकमबाट शैक्षिक सामाग्री खरिद गरेर हस्तान्तरण गर्नु भएको हो ।

शैक्षिक सत्र २०७९ मा कक्षा ८ को अन्तिम परिक्षामा शून्य नतिजा आएका १७ वटा विद्यालयका ३ हजार चार सय ८९ विद्यार्थीलाई नगर प्रमुख हमालले कपि, पेन्सिल, कटर र इलेजर सहयोग गर्नु भएको हो । उहाँले २०८० सालदेखि हालसम्मको सेवा सुविधाबाट प्राप्त रकम र झण्डै एक लाख थप गरेर नौ लाख ९२ हजार ६ सय २० रुपैयाँका शैक्षिक सामाग्री सहयोग गरेको धनगढी उपमहानगरपालिकाको शिक्षाशाखा तथा खेलकुद महासाखाखप्रमुख नरेन्द्र खातीले बताउनु भयो ।

उपमहानगरपालिकाको कार्यालयमा बिहीवार एक कार्यक्रम गर्दै नगर प्रमुख हमालले विद्यालयका प्राधानाध्यापकहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्नु भएको हो । सरस्वती आधारभूत विद्यालय धनगढी–१ का ३ सय ४२, नवज्योति आवि धनगढी–१३ का ३ सय ३५ विद्यार्थी, जनता राष्ट्रिय मावि धनगढी–१३ का ७४ विद्यार्थी, भैरवबाबा आवि धनगढी–६ का १ सय २६ विद्यार्थी, सरस्वती आवि धनगढी–९ का १ सय ६५ विद्यार्थी, शिव मावि धनगढी–७ का २ सय ८ विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ ।

यस्तै, भानु मावि धनगढी–१७ का ४ सय ६ विद्यार्थी, सज्जन मावि धनगढी–१७ का २ सय ७५ विद्यार्थी, दिपेन्द्र चारपाते मावि धनगढी–१६ का ८४ विद्यार्थी, शिवशंकर आवि धनगढी–१७ का ६७ विद्यार्थी, सिद्धार्थ आवि धनगढी १४ का १ सय ४७ विद्यार्थी, खप्तडी आवि धनगढी–१८ का ३८ विद्यार्थी, ईन्द्रोलय आवि धनगढी १८ का १ सय ८७ विद्यार्थी, फूलबारी आवि धनगढी–१९ का ३ सय ४३ विद्यार्थी, नवदुर्गा आवि धनगढी–१२ का २ सय ३८ विद्यार्थी, दुर्गा आवि धनगढी–१२ का १ सय ३६ विद्यार्थी र जनकल्याण मावि धनगढी–१० का ३ सय १८ विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको हो ।
शैक्षिक सामाग्री सहयोग गर्दै नगर प्रमुख हमालले विद्यालयका शिक्षकहरुलाई अध्यापनमा मात्र ध्यान दिन निर्देशन दिनुभएको छ । उहाँले विद्यालयका लागि चाहिने पूर्वाधार, शैक्षिक सामाग्री, टेबुल, बेन्चहरु उपमहानगरपालिकाले उपलब्ध गराउने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘पढाउने तपाइहरुले हो । मेयरले पढाउने होइन, वडा अध्यक्षहरुले पढाउने होइन् । धनगढीका सरकारी विद्यालयको पढाइ राम्रो हुनु पर्यो । तपाईहरुले पढाइलाई गुणस्तरीय बनाएर देखाउनु पर्यो।’

धनगढी उपमहानगरपालिकाका छात्रा र दलित समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीसँगै विद्यालयका पोशाकसमेत उपमहानगरपालिकाले सहयोग नगर प्रमुख हमालले बताउनु भयो । मेयर शिक्षा सुधार कोष स्थापना गर्ने र विद्यालयको सबै क्षेत्रमा सहयोग गर्ने उहाँले बताउनु भयो । धनगढी उप–महानगरपालिकाका पाँच वटा नमुना विद्यालय चालु आर्थिक वर्षमा तयार हुने उहाँले बताउनु भयो । नमुना विद्यालयहरमा अग्रेजी माध्याममा अध्यापन हुने उहाँले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?