धनुषा । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको बताउनुभएको छ ।
बिहीवार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोईरालाले सुन तस्करी, ललिता निवास प्रकरण, नक्कली भूटानी शरणार्थी लगायतका घटनाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको प्रमाण दिने बताउनु भयो ।
नेपालमा एकपछि अर्को अपराधको घटना आउन थालेको र अपराधको घटनामा विदेशी नागरिक समेत देखिनुले अन्तर्राष्ट्रिय तस्करहरुको अखडा बन्दै गएको आफूले बुझेको बताउनु भयो । अहिले देखिएका घटनाहरुले विश्वस्तरमा नेपालको साख गिर्दै गएको बताउनु भयो । अपराध र भ्रष्टाचार रोक्न नेपाली काँग्रेसले राजनीतिक रुपमा अग्रसरता लिएर अघि बढ्नुपर्ने बताउनु भयो ।
नेता कोईरालाले राजनीतिक रुपमा अग्रसरता लिएर अघि बढ्ने काम काँग्रेस बाहेक अरुले गर्न नसक्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच