सिग्देल गण्डकीको अध्यक्ष चयन

हिमालय टाइम्स
Read Time = 2 mins

पोखरा । अन्तर्राष्ट्रिय अम्पायरसमेत रहनुभएका सञ्जयकान्त सिग्देल गण्डकी प्रादेशिक क्रिकेट संघको क्रिकेट अध्यक्षमा निर्वाचित हुनुभएको छ ।  सिग्देलसहित १२ सदस्य समिति गण्डकीले सर्वसम्मत रूपमा निर्वाचित गरेको छ ।

त्यस्तै, प्रकाश पौडेल उपाध्यक्ष, ग्रेट हिमालय क्रिकेट एकेडेमीका सञ्चालकसमेत रहनुभएका सुमनराज कार्की सचिव र पूर्वक्रिकेटर दिवाकर थापा कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ । देवेन्द्र प्रजु, ऋषिराम गौतम, फणिन्द्रबहादुर खड्का, धामनाथ सापकोटा, रेशमबहादुर केसी, विद्यादेवी भट्टराई, भोजराज बराल र सन्तोष शर्मा सदस्यमा निर्वाचित हुनुभएको छ ।

योसँगै तीन प्रादेशिक चुनाव सम्पन्न भएको छ । सुदूरपश्चिमबाट वासुदेव जोशी र कोशीबाट सर्वजित पाण्डे विजयी हुनुभएको छ । अब अन्य चार प्रदेशको चुनाव हुँदैछ । बागमती प्रदेशमा नेपालका पूर्वकप्तान पारस खड्का अध्यक्षमा उठ्ने तयारीमा हुनुहुन्छ ।

क्यानको सदस्यता प्राप्त ४५ जिल्लाको चुनाव सकिएपछि प्रदेश सुरु भएको छ । आगामी दुई साताभित्र बाँकी चार प्रदेशको पनि चुनाव हुने कार्यक्रम छ । त्यसपछि केन्द्रको निर्वाचन सुरु हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?