ब्रिक्समा छ सदस्य थपिए

Read Time = 1 min

जोहानेसबर्ग । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको उदीयमान राष्ट्रको संगठन ब्रिक्समा छ सदस्य थपिएका छन् । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आज यहाँ नयाँ सदस्य थपिएको घोषणा गर्नुभएको हो । नयाँ सदस्य अब जनवरी १ देखि संगठनमा आबद्ध हुनेछन् ।

‘हामीले गणतन्त्र अर्जेन्टिना, अरब गणतन्त्र इजिप्ट, संघीय लोकतान्त्रिक गणतन्त्र इथियोपिया, इस्लामिक गणतन्त्र इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्सलाई ब्रिक्सको पूर्णसदस्य बन्न आमन्त्रित गर्ने निर्णय गरेका छौं’, राष्ट्रपति रामाफोसाले घोषणा गर्नुभएको छ । रासस÷एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?