कथा : पीडै पीडाको त्यो एक दिन

हिमालय टाइम्स
Read Time = 14 mins

✍️ भूपप्रसाद धमला

बिहान झिसमिसेमै पिठ्युँमा डोको, एउटा हातमा हँसिया र अर्को हातमा पुस्तक बोकेर लोकेश जंगलतिर लाग्यो । त्यस दिन स्कुलमा एउटा अप्ठ्यारो पाठ बुझाउनुपर्ने थियो । स्कुल जानुअघि एक भारी घाँस काटेर गाईभैंसीको आहारा जोहो गर्नु पनि थियो । बाबाअघि नै बारीमा मकै गोड्न निस्किसक्नु भएको थियो । घरमा आमा बिरामी हुनुहुन्थ्यो । सानी बहिनी घरको काम गर्न अझै सक्ने भएकी थिइन । घर पुगेर आफैंले खाना बनाउनुपर्ने थियो । कामै कामको द्वन्द्वबीच लोकेशले गह्रौं पाइला चाल्यो ।

मनभरि तनाव बोकेर हिँडेको लोकेश जंगल पुगेर रूखको फेदमा एक छिन् थुचुक्क बस्यो । उज्यालो नहुँदै घरबाट निस्केको थियो । यता-उता हे¥यो । झलमल्ल घाम लागिसकेछ । यसो क्षितिजतिर आँखा तन्काएर हेर्यो घामअघि नै डाँडा छोडेर आकाशिए छ । वसन्तको चहलपहल । रूखमा नयाँ पालुवा फेरिएका । नजिकै एउटा चरी ‘काफल पाक्यो’ भन्दै थियो । नेपथ्यमा कोइली कुहुकुहु गर्दै थियो । चराचुरुङ्गी चिरबिर गर्दै थिए । प्रकृति बिछट्ट मनोरम थियो तर लोकेशलाई त्यो दृश्य बिरानो झैँ लाग्यो । निर्जन वनमा कता कता आफू हराए झैँ लाग्यो । ‘प्रकृति र मान्छेको जीवन किन उस्तै हुन्थ्यो ? प्रकृति कति स्वच्छ, निर्मल, स्निग्ध ? मान्छे कति धुमिल, निरीह, निस्पृह ? शायद मान्छेको जीवन नै यस्तै होला’ लोकेशले सोच्यो ।

लोकेशले घरतिर आँखा लगायो । बहिनी आँगनमा खेल्दै थिई । आमा ओछ्यानबाट उठ्न सक्नु भएको थिएन । बिचरी सानी बच्चीलाई के थाहा आमालाई के भएको छ ? बरू घरी-घरी घरभित्र पसेर भोक लाग्यो भन्थी । आमालाई कचकच गरेर हैरान पार्थी ।

लोकेशलाई धेरै पढ्ने रहर थियो । विद्वान कहलाउने रहर थियो । ठूलो जापिगर खाएर धेरै पैसा कमाउने रहर थियो । घरपरिवारमा बुवा आमालाई सुख कटाउने रहर थियो । रहरै रहरले उसको मन कल्पियो । मन मनै सोच्यो ‘बरु पुस्तक झिकेर एक छिन् पढ्छु । अनि घाँस छिटो-छिटो काटेर घर जान्छु । तातो पानी तताएर आमालाई पियाउँछु । खाना बनाएर खुवाउँछु । अनि स्कुल जान्छु’ । लोकेशले पुस्तक खोलेर एक पटक पाठ पढ्यो तर बुझेजस्तो लागेन । फेरि पढ्यो तर पनि सन्तुष्ट हुन सकेन । स्कुलमा राम्रोसँग पाठ बुझाउन सक्छु भन्नेमा उसलाई आत्मविश्वास नै भएन तर नबुझाई पनि भएको छैन ।

समय धेरै बाँकी थिएन । हतार हतार लोकेशले घाँस काट्यो । डोकाभरि घाँस हालेर भारी मनले थाप्लोमा नाम्लो भिर्‍यो । घाँसको भारी शायद आफूभन्दा गह्रौं थियो तर उसले बोक्नै पर्ने हुन्थ्यो । सकी नसकी घाँसको भारी लिएर लोकेश घरतिर लाग्यो । भैंसीको थलो नजिकै डङ्ग्रङ्ग भारी बिसायो । हरियो घाँस देखेर लम्किँदै गरेको भैंसीलाई अलिकति घाँस हालिदियो । बाँकी दिउँसोका लागि एकातिर थन्क्यायो ।

लोकेशले घरतिर आँखा लगायो । बहिनी आँगनमा खेल्दै थिई । आमा ओछ्यानबाट उठ्न सक्नु भएको थिएन । बिचरी सानी बच्चीलाई के थाहा आमालाई के भएको छ ? बरू घरी-घरी घरभित्र पसेर भोक लाग्यो भन्थी । आमालाई कचकच गरेर हैरान पार्थी । लोकेशले दाउरा बटुलबाटुल गरेर चुल्हो बाल्यो । अलिकति पानी तताएर आमालाई पिउन दियो । डालाबाट चामल झिकेर पानीमा भिजायो । घरमा दाल थिएन । बारीमा गयो । केही साग-सब्जी खोजेर ल्यायो । एउटा भाँडामा भात पकाउँदै गर्दा तरकारी पनि केलायो । पाकेको भातको भाँडो भुँईमा राखेर तरकारी पकायो । एउटा थालमा पस्केर आमालाई दियो । अर्को थालमा सानी बहिनीलाई दियो । अलिकति आफूले पनि खायो । बाबाका लागि चुल्हामै छोपेर राखिदियो ।

ध्वाँसो लागेको भित्ते घडी हेर्दा बिहानको नौ बजिसकेछ । छिटै नहिँडे दश बजे स्कुल पुगिँदैन । एक घण्टाभन्दा बढी हिँडेर बल्ल पुग्न सकिन्छ । हतारमा लोकेशले झोलाभित्र कलम, कापी र पुस्तक हाल्यो । झोला बोकेर लमकलमक पाइला चाल्दै पल्लो गाउँको स्कुलतिर लाग्यो । जाँदै गर्दा स्कुलका साथीहरू सम्झ्यो । स्कुलमा उसका धेरै साथीहरू छन्- केशव, माधव, अवधेश, मञ्जरी, पल्लवी, केशरी, थुप्रै अरू ।

उसले सोच्यो साथीहरू कति राम्रोसँग पाठ बुझाउँछन् । मैले पनि साथीहरूले जस्तै पाठ बुझाउन सके हुन्थ्यो । शिक्षकको स्याबासी पाउन पाए हुन्थ्यो । परीक्षामा उच्च अंक ल्याउन सके हुन्थ्यो । स्कुलको पढाइपछि कलेजमा पढ्न छात्रवृत्ति पाए हुन्थ्यो’ । सोच्दा सोच्दै उसको मन आकाशियो । बाटैभरि पुस्तक पढ्दै गयो तर अझै पनि राम्रोसँग पाठ बुझाउन सक्छुजस्तो लागेन उसलाई ।

लोकेश स्कुल पुग्दा सबै विद्यार्थीहरू कम्पाउण्डमा लामबद्ध भएर उभिएका थिए । लोकेश पछिल्तिर उभियो । राष्ट्रिय गानको धुन बज्यो । सबैले ‘सयौं थुँगा फूलका हामी.....जय जय नेपाल’ गुनगुनाए । लोकेशले पनि त्यसै गर्‍यो तर राष्ट्रिय गानमा लोकेशको उति साह्रो ध्यान गएन । उसको मुख्य ध्येय नै राम्रो पढ्ने हुन्थ्यो ।

प्रार्थना सकेर सबैजना कक्षाकोठाभित्र पसे । लोककेश पनि अरू साथी सँगसँगै कक्षा कोठाभित्र गयो । कक्षामा पनि पछिल्लो बेन्चमै प¥यो । धेरै साथीहरूले राम्रोसँग पाठ बुझाए । लोकेशले भने पाठ बुझाउन सकेन । त्यसो त एक दुईजना अरूले पनि पाठ बुझाउन सकेनन् । शिक्षकले तिनलाई धेरै गाली गर्नु भएन । लोकेशले चाहिँ नराम्ररी गाली खायो । लोकेशलाई साह्रै नमिठो लाग्यो । ‘अब भोलिदेखि जस्तो अप्ठ्यारो पाठ पनि बुझाउन सक्ने गरी पढ्छु । आज त मेरी आमा बिरामी भएर पो !’ उसको मनमा तर्कना आयो ।

सधैँ झैँ त्यसदिन पनि एक बजे खाजा खाने छुट्टी भयो । अरू साथीहरूले घरैबाट खाजा लिएर आएका थिए । उनीहरू आफ्नो खाजा लिएर खुशीले हाँस्दै उफ्रँदै स्कुल कम्पाउण्डभित्रै अलि परको कुनामा गए । लोकेशको खाजा थिएन । त्यसै टोलाएर एकातिर उभियो । यसै पनि उसको घरायसी अवस्था कमजोर थियो । त्यसमा पनि आमा बिरामी भएपछि उसले के गरोस् ? ‘आफू पनि अरू जस्तै खाजा लिएर आउन सकेको भए कति रमाइलो हुन्थ्यो होला, हगि ¤ तर के भयो त उनीहरूको थियो ल्याए मेरो थिएन ल्याइन जे भए पनि उनीहरूसँग मागेर खानु परेको होइन क्यारे !’ हीनताबोध र स्वाभिमानको दोसाँधमा लोकेश एउटा कुनामा टोलाएर इभिइरहृयो ।

लोकेशले हतपत काकालाई आमाको स्वास्थ्य बारेमा सोध्यो तर काकाले आमाको मृत्युको दुःखद् खबर सुनाउनुभयो । सुन्ने बित्तिक्कै लोकेशको दिमागमा चट्याङ प¥यो । लोकेश छाती पिटी–पिटी रोयो करायो । उसको रोदन क्रन्दनले आकाश गुञ्जियो ।

दुई बजे खाजा खाने समय सकियो । फेरि कक्षा सञ्चालन हुने घण्टी बज्यो । सबैजना कक्षा कोठाभित्र पसे । लोकेश पनि पस्ने नै भयो । ‘अझै दुई घण्टा कक्षा बाँकी छ । ‘अंग्रेजी, नेपाली, गणित र विज्ञानको कक्षा त एक बजेअघि नै सकिएकै थियो । अब सामाजिक शिक्षा, स्वास्थ्य र शारीरिक शिक्षाजस्ता अलि सजिला विषय शिक्षकले पढाउन बाँकी थियो । उदासी मनले लोकेश पछाडिको सिटमा चुपचाप बस्यो ।

चार बज्यो । छुट्टीको घण्टी बज्नासाथ सबै विद्यार्थी घरतिर लागे । लोकेश अघि-अघि लाग्यो । उसको घर सबभन्दा टाढा थियो तर छिटो पुग्नुपर्ने उसैलाई थियो । हतार-हतार दगुर्दा ढुङ्गामा ठेस लाग्यो । अलिकति रगत पनि आयो । घाउ चहरायो । रुदिलाको पात माडेर घाउमा लगायो । रगत थामियो । एक छिनमा चहराएको पनि घटेजस्तै लाग्यो । ‘आमाको हालत के भयो होला ? बहिनीले के गरी होला ? बाबाले घर आएर बिहानको खाना खानु भयो कि भएन होला ? बेलुकी छिटै घर आउनुभयो कि भएन होला ? भरे बेलुकी के पकाएर खुवाउने होला ?’ घरको चिन्ताले उसलाई बेस्सरी सतायो ।

घर पुग्दा पाँच बजिसकेको थियो । झोला फ्यात्त भुँईमा फ्याँकेर लोकेश सिधै आमाको ओछ्यानमा गयो । थकित स्वरमा आमालाई बोलायो । तर आमा बोल्न सक्नु भएन । आमाको पीरले उसको मन चसक्क दुख्यो । ‘आमालाई साह्रो भयो जस्तो छ । बाबा कता जानु भयो होला ?’ आँगनमा खेल्दै गरेकी बहिनीलाई सोध्यो । बहिनीले भनी ‘आमालाई अस्पताल लानुपर्ने भयो रे । बाबा तल्लो घर काकालाई भेट्न जानु भएको छ’ । लोकेश दौडेर त्यतै लाग्यो । बाबा र काकालाई बाटामा आउँदै गरेको भेट्टायो । झटपट गरेर आमालाई अस्पताल लानुपर्ने भयो । लोकेश जान पाएन । नजिकैको पसलबाट बिस्कुट किनेर बहिनीलाई खान दियो । आफूले केही खाएन ।

आमाको चिन्ताले ऊ बेस्सरी पिरोलियो । जबर्जस्त ओछ्यानमा पल्टियो तर निद्रा पटक्कै आएन । छट्पटीमा सारा रात बित्यो । चरम संशयका बीच बिहानीपख काका अस्पतालबाट आउनुभयो । लोकेशले हतपत काकालाई आमाको स्वास्थ्य बारेमा सोध्यो तर काकाले आमाको मृत्युको दुःखद् खबर सुनाउनुभयो । सुन्ने बित्तिक्कै लोकेशको दिमागमा चट्याङ पर्‍यो । लोकेश छाती पिटी-पिटी रोयो करायो । उसको रोदन क्रन्दनले आकाश गुञ्जियो । वेदनाले उसको छाती चरक्क चिरियो । धेरै पढेर ठूलो मान्छे हुने उसको सपना चताचुर्ण च्यात्तियो । त्यो दिन लोकेशको लागि पीडै पीडाको क्रुर दिन भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?