प्रदीप र प्रणव क्वाटरफाइनलमा

Read Time = 3 mins

काठमाडौं । प्रदीप खड्का र प्रणव खनाल आठौँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा क्वाटरफाइनलमा प्रवेश गर्नुभएको छ । प्रदीपले आशिष खड्कालाई ७-६ र ६-२ तथा प्रणवले सक्षमविक्रम शाहलाई ६-१ र ६-१ को सोझो सेटमा पराजित गर्नुभयो ।

त्यसै स्पर्धामा अकी जुवेन रावतले विष्णु नेपालीलाई ६-३ र ६-३, सौगात विकले निजेज महर्जनलाई ६-० र ६-०, प्रणव मानन्धरले निसान श्रेष्ठलाई ५-७, ६-२ र ७-५, सन्तोष खत्रीले कुमार जिसीलाई ६-१ र ६-१, गौरवप्रताप शाहीले प्रमोदबहादुर थापालाई ६-० र ६-० तथा विवेक मगरले मनोज महर्जनलाई ६-० र ६-० को सेटमा हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्नुभयो ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी, रोबर्ट जे. हान, दावा सोनाम शेर्पा, भीष्मजंग गुरुङ, जितेन्द्र परियार, सन्तोष खत्री, राजेन्द्र श्रेष्ठ र सिमान्त गुरुङ क्वाटरफाइनलमा पुग्नुभयो ।

काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाही, हरिबहादुर बस्नेत, शरण गुरुङ, गोपी भट्टराई, मनोज शाह, रोहित सुनुवार, महेश श्रेष्ठ र विमल गुरुङले क्वाटरफाइनल यात्रा तय गर्नुभयो ।

भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा महेश श्रेष्ठ र कृष्णराज घले, राजु गुरुङ र लाक्पा छिरिङ शेर्पा, निरेशबहादुर श्रेष्ठ र सञ्जय अमात्य, राजु क्षेत्री र हेमराज ढकाल, डेगेन्द्र श्रेष्ठ र चन्द्र शाही, यज्ञबहादुर भण्डारी र रोहित सुनुवार, रमेश्वर थापा र राजेश क्षेत्री तथा शिवप्रसाद सेढाईं र विभु कायस्थको जोडीले आ-आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै क्वाटरफाइनलमा स्थान पक्का गर्नुभयो । भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापाले वसन्त प्रधानलाई ४-१ र ४-० ले सहजै पन्छाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?