कोका-कोलाको भाइस प्रेसिडेन्टमा अजय

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कोका-कोला इण्डियाले अजयविजय बथिजालाई फ्रान्चाइज अपरेसन फर साउथ वेस्ट एसिया(एसडब्लुए) को भाइस प्रेसिडेन्टमा नियुक्त गरेको छ । कोका-कोला कम्पनीसँग अजयको करिब २४ वर्षको करियर यात्रा रहेको छ । सन् १९९९ मा अजयले हिन्दुस्तान कोका-कोला बेभरेज प्रालि र फ्रन्ट लाइन सेल्स टिमसँग व्यावसायिक यात्रा सुरु गरेर संगठनभित्र विभिन्न भूमिका र पदमा लगातार प्रगति गर्दै अघि बढ्दै आउनुभएको थियो ।

अजय २००५ मा स्याब्को भियतनाममा मेकोंग डेल्टा क्षेत्रका लागि रिजन म्यानेजर हुनुहुन्थ्यो । पछि कोलाजका लागि मार्केटिङ डाइरेक्टरका रूपमा भारत फर्किएर ‘शेयर अ कोक’ अभियानको नेतृत्व गर्नुभयो । उहाँले सफलतापूर्वक कोका-कोला जिरो सुगर पहिलोपटक भारत र दक्षिण पश्चिम एसिया बजारमा ल्याउनुभएको थियो ।

२०१८ देखि २०२० सम्म बंगलादेशका लागि कन्ट्री म्यानेजरका रूपमा उहाँले विश्वव्यापी द कोका-कोला कम्पनीभित्र बंगलादेशलाई कोका-कोलाका टप तीन बजारमा ल्याउन बोटलिङ पार्टनरहरूसँग नजिक रहेर काम गर्नुभएको थियो भने सन् २०२० मा फ्रन्ट लाइन मार्केटिङमा वरिष्ठ डाइरेक्टरका रूपमा काम गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?