खोलाले बगाउँदा एक जना बेपत्ता

सांकेतिक तस्बिर

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 1 min

हुम्ला । खोलाले बगाउँदा हुम्लाको ताजाकोट गाउँपालिका वडा नम्बर ४ का मनऋषि जैसी बेपत्ता भएका छन् ।

सर्केगाड गाउँपालिका वडा नम्बर २ को रिपगाड खोला तर्ने क्रममा जैसि बेपत्ता भएको उनका दाई धर्मभक्त जैसिलाई उदृत गर्दै रिपका स्थानिय बिजय फडेराले बताउनुभयो ।

स्वार्गिय बुवाको लागि खार्पुनाथ मन्दिरमा मुइया राख्न आएका जैसीलाई खोला तर्ने क्रममा बेपत्ता बनाएको हो । घरबाट हिजो हिडेका ५० बर्षिय जैसी आज बिहान खोला तर्ने बेला संगै आएका भाई तरे पनि दाइलाई खोलाले बेपत्ता बनाएको हो ।

गए रातिको बर्षाले सोही खोलामा पानी बहाब उच्च भएको थियो भने बिहान खोला तर्दा बेपत्ता भएका थिए । उक्त खोलामा लगाइएको पुल पनि धेरै टाडाको दुरिमा र जोखिम भएकाले सागु बाट तर्ने गरे पनि बर्षाले सागु समेत बगाउँदा खोला तर्दा उनलाई बगाएको हो ।

सँगै आएका भाईलाई भने रिपका स्थानियले उद्दार गरि आफ्नै घरमा लगेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?