६९ औँ राष्ट्रिय फिल्म पुरस्कारको घोषणा

अल्लु अर्जुन, आलिया र कृति सर्वोत्कृष्ट

Read Time = 2 mins

मुम्बई । भारत सरकारले ६९औँ राष्ट्रिय फिल्म पुरस्कारको घोषणा गरेको छ । सन् २०२१ र २०२२ का फिल्मलाई समावेश गर्दै विजयी फिल्मको घोषणा गरिएको हो । भारतको ६९औँ राष्ट्रिय फिल्म अवार्डमा ‘रकेट्री-द नम्बी इफेक्ट’ सर्वोत्कृष्ट फिचर फिल्म बनेको छ । ‘पुष्पा’ बाट अल्लु अर्जुन सर्वाेत्कृष्ट अभिनेता घोषित हुँदा ‘गुगुबाई काठियावाडी’ बाट आलिया भट्ट र ‘मिमी’ बाट कृति सेनन संयुक्त रूपमा सर्वाेत्कृष्ट अभिनेत्री घोषित हुनुभएको छ । राष्ट्रिय अवार्डबाट पुरस्कृत हुने अल्लु अर्जुन पहिलो तेलगु अभिनेता हुनुहुन्छ ।

‘गोदावरी द होली वाटर’ का निर्देशक निखिल महाजन सर्वोत्कृष्ट निर्देशक हुनुभएको छ । ‘रकेट्री : द नामिबी इफेक्ट’ सर्वश्रेष्ठ कथानक चलचित्र घोषित भएको छ भने सर्वश्रेष्ठ डेब्यु निर्देशकको अवार्ड चलचित्र ‘मेप्पडियन’ले प्राप्त गरेको छ । ‘आरआरआर’ सर्वश्रेष्ठ लोकप्रिय चलचित्र घोषित हुँदा ‘द कश्मीर फाइल्स’लाई राष्ट्रिय अखण्डता कायम गर्न योगदान दिएको भन्दै नर्गिस दत्त अवार्ड प्रदान गरिएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?