ईन्डो नेपाल सेभेन ए साईड फुटबल च्याम्पिएनसिपको उपाधि कटारीलाई

हिमालय टाइम्स
Read Time = 1 min

-सरोज निरौला

उदयपुर । काठमाडौंमा सम्पन्न ईन्डो नेपाल सेभेन ए साईड फुटबल च्याम्पिएनसिप २०२३ को उपाधि कटारीका १५ वर्ष मूनिका खेलाडीहरुले चुमेका छन् ।

कटारी नगरपालिकाको १५ वर्ष मूनिका खेलाडीहरुले भारतको १५ वर्ष मूनिका एकेडेमीका खेलाडीहरुसँग उपाधिका लागि प्रतिष्पर्धा गरेको प्रशिक्षक रोहन जोशीले बताउनुभयो ।

१५ वर्ष मूनिको खेलाडीहरुका लागि यो खेल महत्वपूर्ण थियो भारतसँगको यस प्रतिष्पर्धाका लागि कटारी नगरपालिकाका खेलाडीहरुले अवसर पाएको पनि प्रशिक्षक जोशीले बताउनुभयो ।

भारतलाई पराजित गरी उपाधि कब्जा गरेसँगै भविष्यमा कटारीमा फुटबलले फड्को मार्ने प्रशिक्षक जोशीले बताउनुभयो । जोशीका अनुसार प्रतियोगितामा पहिलो गेम ४-० र दोस्रो गेम २-१ को अन्तरले भारतलाई कटारीले पराजित गरेको थियो ।

प्रतियोगितामा प्रतिष्पर्धा गर्न गएका खेलाडीहरुलाई कटारी नगरपालिकाले सहयोग गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?