कृषि समितिको सभापतिमा आरजु राणाको उम्मेदवारी दर्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिनुभएको छ ।

आइतबार संघीय संसद सचिवालयमा उहाँले समिति सभापतिमा उम्मेदवारी दर्ता गराउनु भयो। त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडाले उम्मेदवारी दिनुभएको छ ।

संसदीय समितिको निर्वाचनका लागि आज बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोननयन दर्ताको समय निर्धारण गरिएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?