लण्डन । इंग्लिस प्रिमियर लिगमा लिभरपुल र आर्सनलले बराबरी खेलेका छन् । एनफिल्डमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनलले लिभरपुलसँग एक-एकको बराबरी खेलेको हो । ग्याब्रियल जिससको गोलमा आर्सनलले अग्रता लिएको थियो । मार्टिन ओडेगार्डको फ्रिकिकमा जिससले गोल गर्नुभएको थियो । लिभरपुलका लागि मोहम्मद सलाहले २९औँ मिनेटमा गोल फर्काउनुभएको थियो । अलेक्जेण्डर आर्नाेल्डको पासमा सलाहले गोल गर्नुभएको थियो ।
दुईमध्ये जुन टोलीले जित्यो, त्यही शीर्षस्थानमा रहन्थ्यो । बराबरीले आर्सनल शीर्षस्थानमा रहेको छ । आर्सनलको ४० र दोस्रो स्थानको लिभरपुलको ३९ अंक छ । अर्को खेलमा टोटेनहमले एभर्टनलाई दुई-एकले हराएको थियो । रिचार्लिसनले खेलको नवौँ मिनेटमा र सन हृयुङ मिनले खेलको १८औँ मिनेटमा गोल गर्दै खेलमा टोलीको दबाब बनाउनुभएको थियो ।
गोमेजले एभर्टनका लागि ८२औँ मिनेटमा गोल गर्नुभएको छ । ३६ अंक पुर्याएको टोटेनहम चौथो स्थानमा उक्लिएको छ । एन्ड्रोस टाउन-जेन्डको गोलमा लुटन टाउनले न्युकासललाई एक-शून्यले हराएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच