सार्वजानिक यातायात सञ्चालन गर्दै ताप्ली गाउँपालिका

हिमालय टाइम्स
Read Time = 2 mins

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाले नागरिकहरुको सहजताका लागी सार्वजानिक यातायात सेवा सञ्चालनमा ल्याएको छ । यसका लागि गाउँपालिकाले बस खरिदसमेत गरेको छ ।

सो सार्वजनिक यातायातले पालिकाको सवै वडाका अशक्त, फरक क्षमता भएका व्यक्ति, महिला तथा जेष्ठ नागरिकहरुलाई पालिकाको केन्द्र रुपाटारसम्म आवतजावत गर्न सेवा दिने छ ।

गाउँपालिकाका अध्यक्ष ढुङ्गाराज विश्वकर्माले सार्वजनिक यातायातलाई कार्यविधि निर्माण गरी सञ्चालनमा ल्याइएको बताउनुभयो ।

‘पहाडी पालिका रहेकाले केन्द्रसम्म आवतजावत गर्न समस्या हुने गरेको छ । यसको समाधानका लागि यातायात सञ्चालनमा ल्याएका हौँ ।’ गाउँपालिकाले स्वास्थ्य र कृषि एम्बुलेन्स पनि सञ्चालनमा ल्याइसकेको ।

अध्यक्ष विश्कर्माले कृषि एम्बुलेन्सले कृषकहरुद्वारा उत्पादित वस्तु सस्तो मूल्यमा कटारी बजार पुर्याइदिने गरेको बताउनुभयो । गाउँपालिकाका बिरामीलाई उपचारका लागि अन्यत्र लैजान स्वास्थ्य एम्बुलेन्स सेवा प्रदान गरिरहेको उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?