राजतन्त्र र हिन्दुराष्ट्रको माग गर्दै राप्रपा नेपालले २९ भदौमा काठमाडौंमा प्रदर्शन गर्ने

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले राजसंस्था पुनर्स्थापना र नेपाललाई हिन्दुराष्ट्र कायम गर्न माग गर्दै आन्दोलनमा उत्रिने भएको छ ।

सोहीअनुसार २९ भदौमा काठमाडौंमा धर्मनिरपेक्ष र गणतन्त्रविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । सोमबार बसेको राप्रपा नेपालको बैठकले प्रदर्शनलाई प्रभावकारी र योजनावद्ध रुपमा सम्पन्न गर्न समितिहरु गठन गरिएको छ ।

अध्यक्ष थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्यको लागि व्यापक जनपरिचालन गर्न निर्देशन पनि दिनु भएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?