भदौ २६ गतेदेखि नाडा अटो शो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यही भदौ २६ देखि ३१ गतेसम्म नाडा अटो शो २०२३ आयोजना गर्ने भएको छ । काठमाडौंको भृकुुुुटीमण्डपमा आयोजना हुने प्रदर्शनीको शीर्ष प्रायोजकमा टाटा मोटर्स जेनुइन आयल रहेको छ भने सह-प्रायोजकमा शिखर इन्सुरेन्स कम्पनी रहेको छ । प्रदर्शनीको डोर प्राइजमा याडिया, टिकटिङ पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वल्र्डलिंक, फायर सेफ्टी सपोर्टमा हिटको प्रालि एवं हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्पिटल रहेको छ भने प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरेको छ ।

प्रदर्शनीमा ठूला तथा साना गरी करिब एक सय २० स्टल र ब्लक रहने र अन्तर्राष्ट्रिय ब्राण्डका सवारीसाधन, लुब्रिकेन्ट, टायर, पार्ट-पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकको सहभागितासमेत रहने नाडा अटो शोका सभापति अनुपकुमार बरालले जानकारी दिनुभएको छ ।

प्रदर्शनीमा १६ ब्राण्डका चारपांग्रे, २२ ब्राण्डका दुईपांग्रे, सात ब्राण्डका लाइट कमर्शियल भेहिकल, नौ वित्तीय संस्था तथा ३० लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्ट-पुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहने नाडाले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

प्रदर्शनीस्थलमा सजिलै आवागमनका लागि काठमाण्डू मल, सैनिक कल्याणकारी भवन, बसपार्क भ्यू टावरलगायतका सार्वजनिक पार्किङस्थलबाट महानगर यातायातको सहयोगमा सटल बस सञ्चालन गरिने बताइएको छ । छ दिन चल्ने नाडा अटो शोको थप आकर्षणमा कुजु नेपाल प्रालिको प्रायोजनमा नाडाले टिकट लक्की ड्रमार्फत् एक भाग्यशाली विजेतालाई इलेक्ट्रिक स्कुटर प्रदान गर्ने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?