२० केजी चाँदीसहित दुईजना पक्राउ

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 2 mins

सिन्धुली । जिल्लामा प्रहरीले २० केजी चाँदीसहित दुई जनालाई मङ्गलबार पक्राउ गरेको छ ।

बीपी राजमार्ग हुँदै विराटनगरबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च १०६९ नम्बरको नीजि कार चेक गर्ने क्रममा अवैद्य चाँदी भेटिएपछि खनियाखर्क प्रहरी चौकीले नियन्त्रणमा दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीकाअनुसार विराटनगर महानगरपालिका–५ बस्ने २५ वर्षीय रोहितकुमार यादवले चलाई ल्याएको नीजि कारबाट चाँदी बरामद गरिएको हो ।

अवैद्य चाँदी कारोबार कार्यमा संलग्न भएको अभियोगमा कारचालक यादव र सोही गाडीमा सबार सप्तरीको राजविराज नगरपालिका–८ घर भई हाल विराटनगर महानगरपालिका–४ मा बस्दै आएका ३७ वर्षीय शेचन मानन्धरसहित कारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

कार चालक पछाडीको सिटमुनी चार वटा सेतो प्लाष्टिकको पोका लुकाईछिपाई राखिएको अवस्थामा फेला परेको अवैद्य चाँदी नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताउनुभयो । उहाँकाअनुसार उक्त चाँदीको मूल्य २४ लाख ६१ हजार ७६० रुपियाँ खुल्न आएको छ ।

‘बरामद गरिएको चाँदीको कागज पत्र, बिल केही पनि छैन । अवैद्य देखियो, कहाँबाट ल्याएको स्रोत पनि देखिएन,’ उहाँले भन्नुभयो । नियन्त्रणमा लिएको चाँदी थप अनुसन्धानका लागि राजस्व कार्यालयमा पठाइने उहाँले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?