काठमाडौं । एनएलजी इन्स्योरेन्सको प्रस्तावित ५.७८९४७ प्रतिशत लाभांश पारित भएको छ । बिहीबार सम्पन्न कम्पनीको १८औँ वार्षिक साधारणसभाले लाभांश पारित गरेको हो । लाभांश पारितसँगै कम्पनीका सेयरधनीले चुक्ता पुँजीको ५.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२८०४७ प्रतिशत नगद लाभांश पाउनेछन् ।
बोनस पारितसँगै कम्पनीको चुक्ता पुँजी एक अर्ब ५३ करोड ९४ लाख रुपैयाँ पुगेको छ । जुन नेपाल बिमा प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा कम हो । तोकिएको दुई अर्ब ५० करोड पुँजी पुर्याउन कम्पनीले ६६ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव गरेको छ ।
हाल कम्पनीको कुल बिमाशुल्क आम्दानी दुई अर्ब ४० करोड, खुद बिमाशुल्क आम्दानी ७४ करोड २२ लाख र खुद नाफा २० करोड ८१ लाख रुपैयाँ छ । गत आर्थिक वर्षमा कम्पनीको पुनर्बिमा कमिसन आम्दानी ४.०९ प्रतिशतले बढेर ३५ करोड ४३ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच