पाँच क्रिकेटर बिग ब्यासको ड्राफ्टमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेसहित पाँच खेलाडी अष्ट्रेलियाको बिग ब्यास लिग २०२३-२४ को ड्राफ्टमा पर्नुभएको छ । अष्ट्रेलियन क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगिताका लागि सन्दीपसहित युवा ब्याटर देव खनाल, विकेटकिपर अर्जुन साउद, ओपनर आसिफ शेख र मध्यक्रमका ब्याटर आरिफ शेख पर्नुभएको छ ।

सन्दीपले गत वर्ष बिग ब्यास लिग होबार्ट हरिकेन्सबाट खेल्नुभएको छ । हरिकेन्ससँग सन्दीपलाई रिटेन गर्ने अवसर पनि छ । अन्य चार खेलाडीलाई भने ड्राफ्टमा किन्नुपर्ने हुन्छ । देव खनाल नेपाली यू-१९ टोलीका कप्तान हुनुहुन्छ । अर्जुन साउद विकेटकिपर ब्याटर हुनुहुन्छ भने ड्राफ्टमा पर्नुभएका शेख दाजुभाइ भने ब्याटर हुनुहुन्छ । आसिफ शेख विकेटकिपर पनि हुनुहुन्छ ।

१३औँ संस्करणको बिग ब्यासमा २९ देशबाट कुल ३७६ खेलाडी ड्राफ्टमा समावेश छन् । बिग ब्यासको ड्राफ्ट आगामी सेप्टेम्बर ३ मा हुनेछ । जसमा आठ टोलीले खेलाडीमाथि बोली लगाउनेछन् ।

बिग ब्यास आगामी डिसेम्बर ७ देखि सुरु हुनेछ । यदि ड्राफ्टमा सन्दीपबाहेक अन्य कुनै खेलाडीलाई किनेको खण्डमा पहिलोपटक बिक्नेछन् । सन्दीपले भने बिग ब्यास लिग २०१८ मा मेलबर्न स्टार्सबाट खेल्न सुरु गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?