श्रीनगर एग्रिटेक र नबिल इन्भेष्टमेन्टबीच सम्झौता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । श्रीनगर एग्रिटेक इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि आइपिओ जारी गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । मंगलबार श्रीनगर एग्रिटेक इण्डष्ट्रिजका प्रबन्ध निर्देशक सतीशचन्द्र श्रेष्ठ र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौतामा नबिल इन्भेष्टमेन्ट बैंकिङले श्रीनगर एग्रिटेक इण्डष्ट्रिजको सेयर सार्वजनिक निष्कासनसम्बन्धी कार्य सम्पन्न गर्न आवश्यक पूर्व तयारी गर्ने उल्लेख छ । कम्पनीले जारी पुँजीको १३ प्रतिशतले हुन आउने प्रतिसेयर अंकित मूल्य सय रुपैयाँका दरले हुने १३ करोड बराबरको १३ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

फार्मअन्तर्गत हृयाचरी तथा ब्रिडरबाट कुखुराको चल्ला उत्पादन गर्दै २०१७ देखि श्रीनगर एग्रिटेक इण्डष्ट्रिज प्रालिबाट दाना तथा आहार उत्पादन गर्दै कम्पनीले शुद्धोधन-४ रूपन्देहीमा दाना कारखाना, व्यावसायिक कृषि फार्म स्थापना गरेको छ भने पाल्पाको तेल्घामा ब्रिडर फार्म सञ्चालनमा ल्याएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?