काठमाडौं । विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई परामर्श प्रदान गर्ने एजुकेसन कन्सल्टेन्सी व्यवसायीहरूको अर्को छाता संगठन शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान) गठन भएको छ । एप्क्यानले मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच एप्क्यानको औपचारिक घोषणा गरेको हो ।
यसअघि स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को वरिष्ठ उपाध्यक्ष रहनुभएका प्रज्वल बस्नेतको संयोजकत्वमा गठित एप्क्यानले समग्र शैक्षिक परामर्श क्षेत्र र व्यवसायीको हकहितमा सक्रिय रूपमा लागिपर्ने जनाएको छ । एक्प्यानका संयोजक बस्नेतले शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील व्यवसायीलाई एकताबद्ध गरेर सातै प्रदेशमा शाखा विस्तार गर्ने योजनासहित एक्प्यान जन्मिएको बताउनुभयो ।
बदलिँदो परिवेशमा एजुकेशन कन्सल्टेन्सी क्षेत्रले भोग्नुपरेका समस्या र चुनौतीको डटेर सामना गर्न व्यवसायीहरू एकताबद्ध भएर लाग्ने उहाँको भनाइ थियो । यसअघि आबद्ध संस्थाका पदाधिकारीहरू संस्थागतभन्दा पनि व्यक्तिगत स्वार्थमा केन्द्रित भएका कारण नयाँ संस्था स्थापना गर्नुपरेको एक्प्यानको जिकिर छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच