काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आजबाट सुरु हुँदैछ ।
धनगढी नगरपालिका–१४ सिरहास्थित चौथौं महाधिवेसन स्थलमा सचिवालय बैठक बस्न लागेको हो ।
गत भदौ ९ बाट सुरु हुने भनिए पनि मौसमका कारण स्थगित भएको सचिवालय बैठक आजबाट सुरु हुन लागेको हो ।
‘भौगलिक बिकटता र मौसमका कारण गत ९ गते हुने भनिएको बैठक सम्भवः नभए पनि १३ गतेवाट सचिवालय बैठक सुरु हुनेछ,’ एमालेका उपमहासचिव तथा मधेस इन्चार्ज योगेश भट्टराईले भन्नुभयो । उहाँका अनुसार बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरूलगायत पदाधिकारी, लेखा र अनुशाषन बिभागका प्रमुखहरु पनि सो बैठकमा सहभागी हुन पुग्दैछन ।
एमालेले सो स्थानलाई ‘कम्युनिष्ट आन्दोलनको ऐतिहासिक स्थल’ मानेकाले सिरहालाई बैठक स्थल चयन गरिएको भट्टराईले जानकारी दिनुभयो । ‘तत्कालिन नेकपा मालेको चौथों महाधिवेसन भएको स्थलमा मात्रै होइन, यही स्थलमा भएको महाधिवेसनवाट जननेता मदन भण्डारीलाई पार्टी महासचिव चयन हुनु भएको थियो,’ भट्टराईले भन्नुभयो, ‘सोही महाधिवेसनले जनताको बहुदलीय जनवादको दिशामा पार्टीलाई लैजाने निर्णय गर्नुका साथै पञ्चायतबिरुद्ध बाममोर्चा निमार्ण गरेर कांग्रेससहित जनआन्दोलन गर्ने नीति पनि यहीवाट पारित गरेकाले यस स्थलको ऐतिहासिक महत्व रहेको छ ।’
उहाँका अनुसार उक्त महाधिवेसनमा ९५ जना प्रतिनिधि सहभागी थिए भने महासचिवमा भण्डारीलाई चयन गर्दै २० सदस्सीय केन्द्रिय कमिटी निमार्ण गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच